अत्याधिक गर्मीका कारण रेलभित्रै चार जनाको मृत्यु
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, जेष्ठ २८, २०७६
  • काठमाडौँ

भारतमा अत्याधिक गर्मीका कारण रेलभित्रै चार जना यात्रुको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार दिल्लीबाट झाँसीतर्फ गइरहेको केरला एक्सप्रेसको रेलका यात्रुको मृत्यु भएको हो ।

आगराबाट कोयम्बटूर जाँदै गरेको ६८ जनाको समूहका यात्रु बेहोस भएपछि उनीहरुलाई रेलवे स्टेसनका डाक्टरले जाँच गर्दा मृत घोषणा गरेका हुन् ।

आगरा, वरणासीलगायतका क्षेत्रमा घुम्न सो समूह १० दिन अगाडि निस्किएको थियो । मृत्यु हुने सबै वृद्ध रहेको बताइएको छ ।