एसइई नतिजाबारे यस्तो आयो नयाँ खबर !
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ २९, २०७६
  • काठमाडौँ

परीक्षा दिएपछि परीक्षाफल कहिले आउँछ भन्ने कुरा धेरैमा कौतुहलताको विषय हुने गर्छन । यस्तै, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजाबारे नयाँ खबर आएको छ ।

यस वर्षको नतिजा असारको तेस्रो हप्ता मात्रै आउने जानकारी दिइएको छ । अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा आउने गर्थ्यो तर यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी अभाव हुनु जस्ता विविध कारणले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्टिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले उत्तरपुस्तिका जाँचको काम भए पनि नतिजा असारको तेस्रो हप्ता मात्रै सार्वजनिक गर्नेगरी तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार प्रदेश २ मा प्रश्नपत्र बाहिएपछि हामीलाई ८/१० दिन ढिला भयो,’ उनले भने, ‘त्योसँगै कर्मचारी समायोजनको कामले झन समस्या थपिदियो।’

परीक्षाले नै लामो समय लिएपछि नतिजा प्रकाशनमा ढिलाई भएको हो । अहिले डाटा इन्ट्रीको काम भइरहेको भन्दै चैत १० बाट सञ्चालित एसइई परीक्षामा प्रदेश २ मा परीक्षा हुनुभन्दा अगावै प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएका विषयको परीक्षा २२ बाट सञ्चालन गरिएको थियो ।

अब शिक्षकहरुले पाउँने भए यस्तो विशेष अधिकार

शिक्षकलाई आत्मनिर्णयको अधिकार सहित घोषणापत्र पारित भएको छ । विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्धेश्य सहित त्रिभुवन विश्वविद्यालयले गरेको सम्मेलनले शिक्षकलाई आत्मनिर्णयको अधिकार सहित १७ बुँदे घोषणापत्र पारित गरेको हो ।

शिक्षकहरुलाई आत्मनिर्णयको अधिकार उपलब्ध गराउने, अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण विषय वस्तुहरु पाठ्यक्रम निर्माणमा संलग्न गराउने जनाइएको छ । साथै, प्राध्यापकहलाई थप शसक्तीकरण गर्दै समस्या समाधान गर्ने खालका शैक्षिक कार्यक्रमहरु निर्माण गर्ने कुरा पनि उल्लेख गरिएको छ ।

अनुसन्धानलाई ग्राहयता दिदै अनुसन्धानमा बजेट बढाउने लगायतका सम्मेलनले सकंल्प गरेको छ । सम्मेलनमा जम्मा १२ वटा कार्यपत्र प्रस्तुत भएको थियो भने विश्वविद्यालयको अन्तराष्ट्रियकरण गर्ने विषयमा छलफल सत्र आयोजना गरिएको थियो ।

विश्वस्तरमा ख्यातीप्राप्त १७ प्राध्यापक र त्रिभुवन विश्वविद्यालयका गरी सम्मेलनमा सहभागि १ सय ५० प्राध्यापक एवं विभिन्न निकायका प्रमुखहरुको विच त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा तीर्थराज खनियाले उक्त घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।

सम्मेलनको समापनसत्रमा बोल्दै खनियाले सम्मेलनले आफुहरुलाई महत्वपूर्ण सुझाव उपलब्ध गराएको र यसले विश्वका विश्वविद्यालयहरुसँग प्रतिपस्र्धा र समयसामयिक बनाउन भूमिका निर्वाह गर्ने जनाउनुभयो । पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार तथा उद्यमशीलता र व्यवस्थापन गरी तीनवटा विषयगत क्षेत्रमा सम्मेलनमा छलफल गरिएको थियो ।

निमावि तहको सबै क्षेत्रको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले नतिजा प्रकाशन गरेको छ । आयोगले निम्न माध्यमिक विद्यालय तहको खुला तर्फ स्थायी पदपुर्तिको लागि शिक्षक सेवा आयोगले असोज १२ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोगले विज्ञान विषयको मध्यमाञ्चल, पुर्वमाञ्चल, पश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको नतिजा सार्वजनिक गरेको जानकारी दिएको छ ।

जानकारी : आफ्नो शैक्षिक गुणस्तर सुधार गर्न त्रिविले उठायो यस्तो महत्वपुर्ण कदम

त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले उच्च शिक्षाको सुधारसम्बन्धी १७ बुँदे घोषणापत्र पारित गरेको छ ।

हिजो सम्पन्न सो दुई दिने सम्मेलनले पाठ्यक्रम निर्माण लचिलो हुने र परम्परागत मानसिकता माथि उठ्ने, पाठ्यक्रम निर्माणमा बहुविधागत विषय संलग्न गराउने, विश्वका ख्यातिप्राप्त उच्च शैक्षिक संस्थासँग शैक्षिक सहकार्य गर्ने, अन्तर्राष्ट्रियकरणलाई महत्वपूर्ण रणनीतिको रुपमा अवलम्वन गर्ने, शिक्षकलाई आत्मनिर्णयको अधिकार उपलब्ध गराउने, अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण विषयवस्तु पाठ्यक्रम निर्माणमा संलग्न गराउनेलगायत बुँदा छन् ।

यसैगरी प्राध्यापकलाई थप सशक्तीकरण गर्दै समस्या समाधान गर्ने खालका शैक्षिक कार्यक्रम निर्माण गर्ने, अनुसन्धानलाई ग्राह्यता दिँदै अनुसन्धानमा बजेट बढाउनेलगायतका सङ्कल्प पारित भएको छ ।

सम्मेलनमा जम्मा १२ कार्यपत्र प्रस्तुत भएको थियो । विश्वस्तरमा ख्यातिप्राप्त १७ प्राध्यापक र त्रिभुवन विश्वविद्यालय सहभागी १५० प्राध्यापक एवं विभिन्न निकायका प्रमुखको सहभागितामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थराज खनियाले उक्त घोषणा गरेका हुन् ।

विद्यार्थी पढाउन नसक्ने भए शिक्षण पेसा छाडेर अन्य पेसा अपनाउनुहोस् : शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताएका छन् ।कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेको विचार राख्दै उनले सिकाई केन्द्रित भएर विद्यालयमा काम गर्न शिक्षकलाई निर्देशन दिएका हुन् ।

खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयको ६७ औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा सोमबार उनले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटित गराउने काम शिक्षकको भएको पनि स्पष्ट पारे ।उनले भने, ‘सबैभन्दा राम्रा मान्छे शिक्षण पेसामा आउने हो । सक्नुहुन्छ भने शिक्षण पेसा गर्नुहोस्, यदि सक्नुहुन्न भने शिक्षण पेसा छाडेर अन्य पेसा अपनाउनुहोस् ।’

विभिन्न कार्यक्रमका लागि आफ्नो गृहजिल्ला खोटाङ पुग्नु भएका शिक्षामन्त्री पोखरेलले शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भनेको देशमाथि खेलवाड गर्नु भएकाले सबै शिक्षकले ध्यान दिनुपर्ने जिकिर गरे ।

कार्यक्रममा बोल्दै उनले भने, ‘अबको शिक्षा सीपयुक्त शिक्षा हुनेछ, १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले कम्तीमा एउटा पेसा अँगाल्न सक्नेगरी सीप हासिल गराउने योजनामा सरकार लागिपरेको छ ।’शिक्षामन्त्री पोखरेलले परम्परागत शिक्षाले देशमा बेरोजगार मात्र उत्पादन गरेको दाबी गर्दै सरकारले पछिल्लो समय प्राविधिक शिक्षामा जोड दिएको बताए ।

उनले नेपाली क्रिकेट टिमका कप्तान पासर खड्काको उदाहरण दिदैं भने, ‘पारस खड्काहरु क्रिकेट खेलेर पनि आफ्नो भविष्य बनाउन सफल भएका छन् ।आगामी दिनमा विद्यार्थीको इच्छा, चाहना र क्षमताको आधारमा अध्ययन गराउने गरी शिक्षा योजना बनाउने काम भइरहेको छ ।’ आफ्नो क्षेत्रमा सञ्चालित विद्यालयमा रिक्त रहेका शिक्षक पदपूर्ति गर्दा शिक्षक सेवा आयोग उत्तीर्ण गरेका व्यक्तिलाई मात्र भर्ना गर्न उहाँले स्थानीय सरकारलाई निर्देशन दिए ।

मन्त्री पोखरेलले भने, ‘सरकारले दक्ष शिक्षक उत्पादन गर्न शिक्षक सेवा आयोगमार्फत विज्ञापन आह्वान गरेको छ । भोटका आधारमा र नातागोताका आधारमा शिक्षक भर्ना नगर्नुहोला, त्यसरी भर्ना गरिएका शिक्षकबाट गुणस्तरीय शिक्षा सम्भव छैन ।’देशमा राहत शिक्षकको पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले राहत शिक्षकका लागि निश्चित मापदण्ड बनाएर स्थायी गर्ने प्रक्रियामा लाने तयारी गरिएको बताए ।