आगलागीबाट साढे ५ करोड बराबरको धनमाल नष्ट
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ २९, २०७६
  • काठमाडौँ

देशका विभिन्न ६ स्थानमा आगलागी हुँदा करिब ५ करोड ६० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मंगलबार दिउँसो १ बजे देखि बुधबार बिहान २ बजे सम्मको अवधिमा ईलाम, काठमाडौं, दाङ, धनुषा, सिराहा र भक्तपुरमा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको हो ।

आगलागीका घटना भएका मध्ये इलाम नगरपालिका ४ स्थित जोशी हाईड्रोपावरको जेनेटरमा करेन्ट सर्ट भई आगलागी हुँदा करिब ५ करोड रुपैयाँ बराबरको जेनेटर जलेर नष्ट भएको छ ।

त्यस्तै काठमाडौं महानगरपालिका ३१ शंखमुलमा हिरा नारायण श्रेष्ठ र टेक नारायण श्रेष्ठको सान्दार म म पसलमा ग्याँस लिक भई आगलागी हुँदा पसलको फर्निचर र खाद्यान्न लगायत सामानहरु जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगलागीमा परेर पसलमा काम गर्ने रामेछाप घर भएका २८ वर्षीय रामकृष्ण बुढाथोकी गम्भीर घाइते भएका थिए । घाइते बुढाथोकिको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

दाङ, बंगलाचुली गाउँपालिका ५ रोकीनी डाँडा बस्ने भिम बहादुर पुनको घरमा आगलागी हुँदा छिमेकी लोक बहादुर पुनको घर र गोठमा समेत फैलिएको आगोले करिब १९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट प्रहरीले जनाएको छ ।