युवा नमुना संसदका लागि चुनिए सबै भन्दा ‘कान्छा’ प्रतिनिधि १७ वर्षिय ‘बिष्णु’
  • के.पी गौतम
  • बिहिबार, असार १९, २०७६
  • गुल्मी

राष्ट्रिय युवा परिषद्को आयोजनामा चालु आ.व. २०७५०७६ मा सञ्चालन गर्ने संघीय नमुना युवा संसद अभ्यासका लागि नेपालभरिबाट आवेदन दिएका युवाहरू मध्ये छनैट र परिषद्बाट मनोनित भएका युवाहरु माझ सबैभन्दा कान्छा गुल्मीका बिष्णु प्रसाद पाण्डे (Viss) परेका छन्।

नेपालभरिबाट छनैट र मनोनीतमा परेका २१ जना युवाहरु मध्ये बिष्णु सबैभन्दा कान्छा युवा हुन्। उनको उमेर १७ बर्ष हो। २०७६ असार २६ बाट सुरु हुने संघीय युवा संसदमा प्रतेक प्रदेशबाट ३ जना छनैटमा परेका छन्। २०७६ असार २९ गते, राष्ट्रिय सभा गृह, भृकुटीमण्ड, काठमाडौंमा सम्माननिय प्रधानमन्त्री ज्यूको उपस्थितिमा प्रस्तुतिकरण रहेनछ ।