मसाल जुलुस सहित ‘सरकार’विरुद्ध सडकमा उत्रियो ‘नेविसंघ’
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, असार २६, २०७६
  • काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले चाबहिलमा मसाल जुलुस निकालेको छ । कांग्रेसप्रति सरकारका अभिव्यक्ति गैरजिम्मेवार भएको, विषादी परीक्षण नगरी तरकारी भित्र्याउन लागिएको भन्दै नेविसंघले मसाल जुलुस निकालेको हो ।

नेविसंघका पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा ओम अस्पताल अगाडिबाट निस्किएको मसाल जुलुस चाबहिल चोकसम्म पुगेको थियो ।  नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्लेले घोषणा गरेको पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत नै चाबहिलमा मसाल जुलुस निस्किएको हो ।

उपत्यकाका ११ स्थानमा बिहीबार मसाल जुलस निकालेको जनाएको छ । शुक्रबार नेविसंघले सरकारविरुद्ध माइतिघरमा विरोधसभामा गर्ने भएको छ ।