मोटरसाईकलको ठक्करबाट वडा अध्यक्षको मृत्यु
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, साउन २, २०७६
  • काठमाडौँ

दुई मोटरसाईकल एकआपसमा ठोक्किदा बैतडीको सुर्नायाका गाउँपालिका वडा नम्वर २ का अध्यक्ष कलशवहादुर चन्दको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नम्वर २ का अध्यक्ष चन्द सवार से १ प ११ १४ नम्वरको मोटरसाईलक र म २ प ६६ ३३ नम्वरको मोटरसाईकल एकआपसमा ठोक्किदा अध्यक्ष चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अर्को मोटरसाईकलका चालक चन्द्रसिंह ऐर भने सामान्य घाईते भएको र उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।