लोकसेवा विज्ञापन समानुपातिक बनाउन माग गर्दै वीरगञ्जमा प्रदर्शन
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, साउन २, २०७६
  • वीरगञ्ज

लोकसेवा विज्ञापन समानुपातिक समावेशी नभएको भन्दैै वीरगञ्जमा सचेत युवाहरुको एक समुहले आज वीरगञ्जमा प्रदर्शन गरेको छ । वीरगञ्जस्थित घण्टाघर चोकमा भएको प्रदर्शनमा लोकसेवा विज्ञापनको विरुद्धमा चर्को नाराबाजी सहित प्रदर्शन भएको थियो ।

युवा नेता तथा समाजिक अभियन्ता ओमप्रकाश सर्राफको नेतृत्वमा भएको प्रदर्शनमा नेपाल आदिवासी जनजाती महासंघ प्रदेश नं २ का उपाध्यक्ष कमल पिठाकाटे मगर, विधार्थी नेताहरु बद्री तिवारी, निखील वर्णवाल, बालमिकी यादव, थारु अगुवा प्रकाश थारु, युवा समाजिक अभियन्ता कमल चौगाई, दलित अगुवा मनोज राम, विद्यार्थी नेता बद्री तिवारी, प्रभात सिंह,जय कर्ण,राहुल रौनियार, राहुल गुप्ता, मुस्लिम युवा नेता शेख मुन्ना, विधार्थी नेतृ राधा चौधरी, ज्योति साह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले लोकसेवाको विज्ञापन शोसित उत्पीडीत समुदायलाई राज्यको मुलधारबाट वञ्चीत गर्ने सुनुयोजित षड्यन्त्र रहेकोले अविलम्ब सच्याउन माग गरेका थिए ।विज्ञापन नसच्याए वीरगञ्जबाट अर्को जनआन्दोलनको बिगुल फुँक्ने उद्घोष गरे ।

आन्दोलन समितीले शुक्रबार बेलुका ५ बजे घण्टाघरमा संघीय मामिला मन्त्री लालबाबु पण्डित तथा लोकसेवा आयोग प्रमुख उमेश मैनालीको पुतला दहन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक ओमप्रकाश सर्राफले बताएका छन् ।