सकियो रवि लामिछानेको बयान, के छ बयानमा ?
  • अनलाइनपाना संवाददाता
  • सोमवार, भदौ ९, २०७६
  • काठमाडौँ

पत्रकार शालिग्राम पुडासैनीको आ-त्म-ह-त्या दु-रु-त्साहन मु-द्धा खेपिरहेका सञ्चारकर्मी रवि लामिछानेले आ-त्म-ह-त्या गर्ने सम्मको दुखः आफुले नदिएको र दिनुपर्ने कारण पनि नरहेको जि-की-र गरेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले चितवन अदालतमा पेस गरेको लामिछानेको ब-या-न बिबरणमा सो कुरा उल्लेख गरिएको छ ।

ब-या-नमा भनिएको छ, ‘निजले म-र्नु-अघि बनाएका दुईवटा भिडियोहरु हेर्दा आफुलाई रबि लामिछाने समेतले म-र्नलाई बा-ध्य बनाएकाले आ-त्म-ह-त्या गरेको भनेका रहेछन सो कुरा निजले के कति कारणले भने मलाइ थाहा छैन तर निजले आफ्नो श्रीमति हुदाहुदै प्रतिवादी अस्मितालाई झु-टो बोली निजसंग प्रेम गरेको र पछि निजको प्रेमिका अस्मिताले सबैकुरा थाहा पाई निजबाट टाढिन खोज्दा निजले अस्मितालाई अनेक दुख दिने, बाटो छेक्ने, मरिदिन्छु भनि ड-र देखाउने कार्यहरु गर्ने गरेकाले निज अस्मिताले मैले चलाउने सिधाकुरा जनता संग भन्ने कार्यक्रममा गई रवि लामिछाने समेतलाई तिम्रो बारेमा भनि सार्वजनिक गरिदिने भनेका कारणले सोही कुरालाई निजले साँचो ठानी म समेतसंग चि-त्त दुखाई भिडियोमा मेरो समेत नाम लिई आ-त्म-ह-त्या गरेको हुनुपर्छ ।’

बयानमा उल्लेख गरिएको छ, ‘मैले निजको बि-रु-द्ध कार्यक्रम बनाएको कसैले भनिदिएको समेत हुनुसक्छ, मृ-त-कले मलाई अ-त्यधिक सम्मान गर्ने हुँदा मैले सम्मान गरेको ब्यक्तिले उनका बि-रु-द्ध कार्यक्रम बनाउने भ्रा-मक कुराले निजको मन दुखेको हुन सक्छ र म माथि आ-रोप लगाएको हुनसक्छ । तर, मैले निजलाई आ-त्म-ह-त्या गर्ने सम्मको दुख दिएको छैन, र दिनुपर्ने कुनै कारण पनि छैन मृ-त-कको प्रेमिका भनेकी अस्मिता भन्ने रुकु कार्की संग देख भेट भएको थिएन , प्रहरीद्धारा प-क्रा-उ परे पश्चात मात्र देखे चिनेको हुँ ।’

रवि र युवराजको बयान लिइँदै, आज छुट्लान् त रवि ?

शालिकराम पुडासैनी आ-त्म-ह-त्या प्रकरणका आरोपीमध्ये आज टेलिभिजनकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान हुँदैछ । प्रहरीले आइतबार लामिछानेसहित ३ जना-वि-रु-द्ध आ-त्म-ह-त्या दु-रुत्साहन मु-द्दामा अभियोगपत्र दायर गरेको थियो। अभियोगपत्रमा उनीहरुले आ-त्म-ह-त्या दु-रुत्साहन गरेको दाबी गर्दै ५ वर्ष कै-द र ५० हजार जरिवाना हुनुपर्ने माग गरिएको छ । यस्तै, पुडासैनी परिवारलाई प्रतिवादीका तर्फबाट क्षतिपूर्ति भराउनसमेत मागदाबी गरिएको छ।

सोही अभियोगपत्र अनुसार आज लामिछाने र कँडेलको बयान हुन लागेको हो। मुद्दाका अर्की आरोपी अस्मिता (रुकु) कार्कीको भने आइतबार नै बयान सकिएको छ । बयानमा उनले पुडासैनी आफ्नो साथीका रुपमा रहे पनि आ-त्म-ह-त्या गर्न उक्साहट नगरेकाले सफाई पाउनुपर्ने दाबी गरेकी छिन् ।

लामिछाने र कँडेलको बयान सकिएपछि दुवै पक्षका वकिलको थुनछेक बहस हुने बताइएको छ । बहसका लागि धेरै वकिलले वकालतनामा लेखाएकाले आजै बहस नसकिने र मंगलबारमात्र अदालतको आदेश आउने सम्भावना रहेको बताइएको छ।

पत्रकार पुडासैनी गत साउन २० गते चितवनको एक होटलमा झु-ण्डिएको अवस्थामा फेला परेका थिए । मृत्यु-अघि रेकर्ड गराएको भिडियोमा उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएका बताएका थिए। सोही भिडियोका आधारमा प्रहरीले ३० साउनमा उनीहरुलाई प-क्राउ गरेको हो ।

चितवनमा प्रशासनद्धारा प्रदर्शनमा रोक, निषेधित क्षेत्र तोकियो

जिल्ला प्रशासन कार्यालय चितवनले आज सोमबारदेखि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेको छ। जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्दै सुरक्षा निकायले यस्तो निर्णय गरेको हो। आइतबार राती सकिएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदखि अर्को आदेश नभएसम्मका लागि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेको हो।

बैठकले सोही ऐनअनुसार तोकिएको चार किल्ला भित्र पाँचजना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गर्दै थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, शान्ति व्यवस्थामा खलल पुर्याउने खोज्नेलाई कडा कारवाही गरिने छ।


पूर्वः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालय चोकदेखी घरेलु कार्यालयको चोकसम्म


पश्चिमः पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखी चौविसकोठी चोकसम्म ।


उत्तरः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्याललको चोकदेखी भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक–नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौविसकोठी चोकसम्म ।


दक्षिणः बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म ।


उत्तरः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्याललको चोकदेखी भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक–नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौविसकोठी चोकसम्म ।


दक्षिणः बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म ।