रवि लामिछानेकी पूर्वपत्नी इशा नेपाल आउँदै
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, भदौ १२, २०७६
  • काठमाडौँ

हाल अमेरिकामा रहेकी रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने नेपाल आउने भएकी छिन् । शालिकराम पुडासैनी आ-त्म-ह-त्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि सोमबार ५ लाख धरौटीमा रिहा भए लगत्तै इशा नेपाल आउने बताइएको हो।

उनी नेपाल किन आउँदैछिन् भन्नेबारे भने खुलाइएको छैन्। नेपाल आउनुको कारणबारे सोध्दा उनले अहिलेलाई यति बुझ्नुहोस् कि म नेपाल आउने पक्का छ भन्ने जवाफ दिएको बताइएको छ। यद्यपी उनी नेपाल आउने मिति भने तय भएको छैन्।

२५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्दै रवि लामिछाने र इशाले गत वर्ष सम्बन्ध विच्छेद गरेका थिए। सम्बन्ध विच्छेदपछि रविले गत वर्ष चलचित्र विकास बोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका थिए । रवि र इशाका दुई छोरी पनि छन्। छोरीहरुसहित इशा अमेरिकामा बस्दै आएकी छिन्।

रवि लामिछानेकालाई पछ्याएकाको समूहलाई सामान्य ठानेर नजरअन्दाज गर्न मिल्दैन

आ-त्म-ह-त्या दु-रुत्साहन कसुरमा जिल्ला अदालत चितवनमा पाँच लाख धरौटी बुझाएर छुटेका संचारकर्मी रवि लामिछानेले मंगलबार चितवनमा धन्यवाद सभा राखे । सभामा हजारौं उपस्थित त थिए नै, राजनीतिक दलले गर्ने आमसभाकै झल्को दिने उक्त सभाका सहभागी भने फरक फरक सामाजिक र राजनीतिक पृष्ठभूमिका देखिन्थे ।

बुधबार काठमाडौं फर्केका संचारकर्मी लामिछानेलाई पछ्याउनेको भीड पनि उस्तै थियो । फौजदारी अभियोगमा मुद्दा खेपिरहेका संचारकर्मीलाई पछ्याउने यति ठूलो संख्या कसरी निर्माण भयो रु रविलाई पछ्याउनेहरु सामान्य प्रशंसक मात्रै हुन वा राजनीति, विधि र व्यवस्थाबाट दिक्क भएकाहरुको जनमत हो रु राजनीतिशास्त्री कृष्ण खनालको बुझाइमा सामाजिक संजालको माध्यमबाट जोडिएका र त्यसैबाट रविलाई पछ्याएकाको समूहलाई सामान्य ठानेर नजरअन्दाज गर्न मिल्दैन ।

‘रविलाई पछ्याइरहेको र यही मुद्दामा जोडिएर आफ्नो मत राखिरहेको ठूलो समूहलाई परम्परागत राजनीतिबाट वितृष्णा भइरहेको जनमतका रुपमा पनि बुझ्न सकिन्छ,’ उनले भने । खनालका बुझाइमा राजनीतिक दलहरु परम्परागत सोचाइमा छन्, जबकि नयाँ पुस्ता प्रविधि, संचार र सामाजिक संजाल सम्पर्कले बदलिसकेका छन् ।

‘धेरैजसो नेताहरु बदलिंदो दुनियाँबारे जानकार छैनन्, नयाँ प्रविधिबारे ख्याल छैन । केही केही सामाजिक संजाल छिरेका त छन् तर त्यो पनि अरुको सहयोगमा ।

उनीहरुमा समयअनुसार बदलिने सोच र सिक्ने चाहना दुवै देखिंदैन,’ उनले भने । यस्तो पृष्ठभूमिमा टेलिभिजन, सामाजिक संजाल र युट्युबमार्फत लामिछाने जर्बजस्त रुपमा उदाएका हुन । कान्तिपुर दैनिक

आ-त्म-ह-त्या गर्नुअघि शालिकराम पुडासैनीको एक दिनः पुजा भन्ने प्रमिला शर्मा भुसाललाई कल गरेका थिए

चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा साउन २० गते बेलुका ८ बजे मृत भेटिएका माउन्टेन टिभीका पत्रकार शालिकराम पुडासैनीले सो दिन के–के गरे भन्ने सबैका लागि कौतुहलताको विषय हो । प्रहरी अनुसन्धानका आधारमा मृतक पुडासैनीको त्यो दिनको गतिविधिलाई फेला परेका तथ्य अनुसार यहाँ चित्रण गरिएको छ ।

मृतक पुडासैनीको मोबाइलको लोकेसनअनुसार उनी त्यसदिन बिहान ८ः०० बजेदेखि ८ः१५ सम्म गोगंबु बसन्तनगर क्षेत्रमा थिए। त्यसपछि उनको मोबाइल लोकेसनको आधारमा उनी बिहान ९ः४५ बजे कलंकी पुगेको देखिन्छ। यस्तै १ बजेर ३ मिनेटको समयमा उनको मोबाइलको लोकेसनमा उनी मलेखु रहेको देखाएको छ।

चितवन पुगेपछि अन्दाजी ३ बजेर १० मिनेटमा उनी लमजुङ होटलमा कोठा खोज्नका लागि पुगेका थिए। यसको पुष्टि होटल संचालक आफैंले गरेका छन्। त्यहाँको कोठामा सिलिङ फ्यान नभएकै कारण उनी ३ बजेर १५ मिनेट जाँदा कंगारु होटलमा गएर कोठा लिएका थिए। त्यसपछि उनले श्रेष्ठ ब्रदर्सको पसलबाट डोरी किनेको पसलमा रहेको सीसीटिभी फुटेजमा कैद भएको छ।

उनी त्यहाँ ३ बजेर ३२ मिनेटमा पुगेको र ८ मिनेट रहेको देखिएको छ। डोरी लिएर होटल कंगारुको कोठा नम्बर २०२ फर्किएका पुडासैनीले ३ बजेर ५४ मिनेट ४१ सेकेण्ड जाँदा ४ मिनेट ५८ सेकेण्डको पहिलो भिडियो रेकर्ड गरेको देखिन्छ। त्यसपछि सोही कोठामा ४ बजेर १ मिनेट १७ सेकेण्ड जाँदा उनले दोस्रोपटक भिडियो सुट गरेका थिए।

उक्त भिडियो ८ मिनेट २७ सेकेन्ड लामो रहेको छ। त्यस लगत्तै उनको मोबाइलमा ४ बजेर २२ मिनेटको समयमा श्रीमती सम्झना घिमिरे पुडासैनीले फोन गरेकी थिइन्। सम्झनाले फोन गरेसँगै उनको मोबाइलमा १६ बजेर ३६ मिनेट जाँदा जीपीआरएस (इन्टरनेट) सेवा सूचारु भएको देखिन्छ। मृतक पुडासैनीले सो दिन १६ बजेर ३८ मिनेटमा पुजा भन्ने प्रमिला शर्मा भुसाललाई कल गरेका थिए। त्यसपछि कुनै पनि गतिविधि भएको प्रहरी अनुसन्धानमा देखिँदैन। कान्तिपुर दैनिक