भारतले पठाएको चन्द्रयान–२ हरायो, हिम्मत नहार्न मोदीको आग्रह
  • अनलाइनपाना संवाददाता
  • शनिबार, भदौ २१, २०७६
  • काठमाडौँ

भारतले चन्द्रमाको दक्षिणी धु्रवमा पठाएको चन्द्रयान–२ ल्याण्डरसँग सम्पर्क विच्छेद भएको छ । चन्द्रमाको सतहमा उत्रनभन्दा केही समयअघि विक्रम ल्याण्डरसँग चन्द्रयान–२ को सम्पर्क टुटेको हो ।

सम्पर्क टुट्नुअघि यो चन्द्रयान चन्द्रमाको सतहभन्दा २.१ किलोमिटर टाढा मात्रै थियो । चन्द्रमाको सतहमा अवतरण हुनै लाग्दा चन्द्रयान हराएपछि भारतीय अन्तरिक्ष बैज्ञानिकहरु चिन्तित बनेका छन् ।

शनिबार बिहान १ देखि साढे २ बजेको बीचमा भारतीय चन्द्रयान–२ चन्द्रमाको सतहमा अवतरण हुनुपर्ने थियो । प्रधानमन्त्री नरेन्द्र मोदी पनि चन्द्रयान अवतरणको दृश्य हेर्न बैंग्लोरमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इसरो० को कार्यालयमा पुगेका थिए । चन्द्रयान सम्पर्क विच्छेद भएपछि उनले वैज्ञानिकहरुलाई हिम्मत नहार्न ढाडस दिएका थिए ।

चन्द्रमामा सफलतापूर्वक यान पठाउने चौथो मुलुक बन्ने भारतको लक्ष्यमा पनि चन्द्रयान–२ को असफलताले समस्या थपिदिएको छ । यद्यपीः भारतीय वैज्ञानिकहरुले ल्याण्डरसँग सम्पर्क स्थापित गर्न खोजिरहेका छन् ।