काबुलमा ज्यान गुमाएका चन्द्रबहादुर पुनको शवबारे सरकारकाे बेवास्ता
  • अनलाइनपाना संवाददाता
  • आइतवार, भदौ २२, २०७६
  • काठमाडौँ

अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती कार विष्फोटमा ज्यान गुमाएका नेपालीबारे नेपाल सरकार बेखबर रहेको परिवारले गुनासो गरेको छ ।

रोल्पाको रोल्पा नगरपालिका–१ सल्लीबोट पहाड घर भई १५ वर्षदेखि कोहलपुर नगरपालिका–२ प्रेमनगरमा बस्ने चन्दबहादुर पुनको तालिवानी आक्रमणमा मृत्यु भएको थियो । मृत्यु हुनेमा चितवनका कृष्णबहादुर थापासहित १६ जना थिए । सवा एक सय जना घाइते भएका थिए ।

पतिको शव चाँडो नेपाल सरकारलाई ल्याउन पहल गरिदिन पत्नी धनकुमारीले सरकारसँग आग्रह गरिन् । मृत्यु भएको ६ दिनसम्म सरकारले औपचारिक रुपमा परिवारलाई खबर दिएको छैन । आफ्नो नागरिकको विदेशमा ज्यान जाँदा समेत सरकार गम्भीर नभएको भन्दै पिता रवि पुन मगरले दुःख व्यक्त गरे ।

पुन काबुलमा एक कम्पनीमा सुरक्षा गार्ड थिए । गत सोमबार भएकाे अात्मघाती िवष्फाेटमा परी पुन र िचतवनका कृष्ण थापाकाे ज्यान गएकाे थियाे ।

फाइल तस्बीर