प्रधानमन्त्रीको घाँटीको ट्युव निकालियो
  • अनलाइनपाना संवाददाता
  • बुधबार, भदौ २५, २०७६
  • काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा राखिएकोे ट्युव निकालिएको छ । सिंगापुरमा मिर्गौलाको उपचार प्लाज्मा थेरेसिस गर्दा राखिएको ट्युब बुधबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको हो ।

प्रधानमन्त्री ओलीको घाँटीमा राखिएको ट्युव अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अरुण सायमको टीमले निकालेको छ । त्यस्तै प्रधानमन्त्रीको मुटुको चाल पनि जाँच गरिएको थियो ।

प्लाज्मा थेरासिसर गरेको व्यक्तिलाई इन्फेक्सन र हर्टअट्याकको खतरा रहने हुनाले बेलाबेलामा उपचार गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ । ‘ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले ठिक छ’ डा. सायमीले भने,‘उहाँको मुटुको चाल लगायतको अवस्था पनि ठिक छ ।’