प्राविधिक डीएसपी र इन्स्पेक्टरको लिखित परीक्षाको नतिजा आयो
  • अनलाइनपाना संवाददाता
  • बुधबार, भदौ २५, २०७६
  • काठमाडौँ

नेपाल प्रहरीमा रिक्त प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फका प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न खोलिएको विज्ञापन दरखास्तको नतिजा प्रकाशित भएको छ ।

प्रहरी प्रधान कार्यालयबाट गत फागुन १३ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।

उत्तीर्ण भएका उम्मेदवारहरुको यही भदौ ३० गतेदेखि नेपाल प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परीक्षण परीक्षा संचालन हुनेछ ।
यससम्बन्धी विस्तृत जानकारी नेपाल प्रहरीको वेबसाईटमा समेत राखिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग, भर्ना छनौट महाशाखाले जनाएको छ ।