उपमेयर फिर्ता गरे श्रीमतीलाई भान्से बनाएर खुवाएको तलब
  • अनलाइनपाना संवाददाता
  • बुधबार, फाल्गुन २२, २०७५
  • ताप्लेजुङ

ताप्लेजुङको एक स्थानिय तहका उपमेयरले श्रीमतिलाई भान्से बनाएर खुवाएको तलब फिर्ता गरेका छन् । यसरी तलब फिर्ता गर्नेमा जिल्लाको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराई रहेको छन् । भट्टराईले श्रीमती बालकुमारी कार्की भट्टाराईलाई भान्से नियुक्त १ साउनदेखि मासिक १५ हजार ५ सय ९० रुपैयाँ तलब खुवाउँदै आएका थिए । उनले अहिलेसम्म ९६ हजार रुपैयाँ फिर्ता गरेका हुन् ।

उपमेयर भट्टराईले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आफूबाट गल्ती भएको भएको स्वीकार्दै श्रीमतीले बुझेको ९६ हजार नगरपालिकाको सञ्चित कोषको खातामा जम्मा गरेको बताए । समयमै ऐन, कानुन, नीतिनियम, कार्यविधि, निर्देशिका उपलब्ध नहुँदा गल्ती भएको उनले बताएका छन् । । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।