सरकारविरुद्ध सडकमा उत्रिएको काङ्ग्रेसलाई माधव नेपालको चेतावनी
  • अनलाइनपाना सम्बाददाता
  • मङ्लबार, माघ १५, २०७५
  • काठमाडौँ

त्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारविरुद्ध सडक संघर्षमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई संयमित बन्न चेतावनी दिएका छन् ।

उनले देशमा अहिले जिम्मेवार प्रतिपक्षको खाँचो रहेको पनि औंल्याए । सोमबार नुवाकोटको खरानीटारमा भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानको सातौँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै कांग्रेसलाई यस्तो चेतावनी दिए ।

 

उनले नेपाली काङ्ग्रेसलाई जिम्मेवार प्रतिपक्ष बन्न र उच्छृंखल नबन्न चेतावनी दिए । मुलुकलाई समृद्धिमा लैजाने जिम्मेवारी वर्तमान सरकारको काँधमा रहेको उल्लेख गर्दै नेता नेपालले प्रतिपक्षको भूमिका हिंसात्मक आन्दोलनको नभई रचानात्मक भूमिकाको खाँचो रहेको औंल्याए ।

फरक प्रसँगमा उनले चिकित्सा शिक्षा विधेयकमाथि टिप्पणी गर्दै उनले अनशनरत डाक्टर गोविन्द केसीले राखेका सबै माग पूरा भएको पनि दाबी गरे । केसीका माग केही माग छुट भएको भए सम्बोधन गर्न सरकार तयार रहेको समेत नेता नेपालले विश्वास दिलाए ।