चर्काे असन्तुष्टिपछि सरकारले मर्यादाक्रम सच्यायो (अब को कहाँ ?)
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, फाल्गुन ३०, २०७५
  • काठमाडौँ

चर्काे असन्तुष्टिपछि सरकारले मर्यादाक्रममा संशोधन गरेको छ । गत पुस २६ गते सार्वजनिक गरेको मर्यादाक्रमलाई संशोधन गरेको हो । सरकारले सार्वजनिक गरेको पछिल्लो मर्यादाक्रममा पूर्वमन्त्रीभन्दा वर्तमान सांसदलाई माथि राखिएको छ ।

यसअघि यसअघि पूर्वमन्त्रीहरु मर्यादाक्रमको सातौं नम्बरमा थिए भने सांसदहरु नवौं नम्बरमा थिए । त्यस्तै उच्च अदालतका मुख्य न्यायाधीशको मर्यादाक्रम पनि पहिले भन्दा माथि राखिएको छ ।

संशोधित मर्यादाक्रमअनुसार सहायक मन्त्री, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका बिभिन्न समितिका सभापति, काठमाडौं महानगरपालिकाका प्रमुख, संविधानसभाका सदस्य, पूर्व सांसद, नेपाल सरकारका मुख्य सचिव र प्रधानसेनापति रहनेछन् ।यस बाहेकका अन्यको मर्यादाक्रम भने यथावत राखिएकाे छ ।