साफ महिला : श्रीलङ्काविरुद्ध माल्दिभ्स २–० ले पराजित
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, चैत्र १, २०७५
  • विराटनगर

पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा भएको समूह बीअन्तर्गतको खेलमा श्रीलङ्का विजयी भई अन्तिम चारमा पुगेको छ ।

श्रीलङ्काको जितमा दुवै गोल आरएम चलानीकुमारी इकानायाकेले गरिन् ।इकानायाकेले खेलको ४० औँ मिनेटमा पहिलो गोल गरिन भने दोस्रो गोल खेलको ५० औँ मिनेटमा गरी आफ्नो टोलीलाई तीन अङ्क दिलाउल सफल भएकी छिन् ।

श्रीलङ्काले खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखेको थियो भने माल्दिभ्सका खेलाडीले केही गोल गर्ने अवसर गुमाएका थिए ।अन्तिम चारमा पुग्ने ‘ए’ समूहअन्तर्गत नेपाल र बङ्गलादेश तथा बी समूहअन्तर्गत श्रीलङ्का र भारतका टोलीले अब एक–एक खेल खेल्न बाँकी रहेको छ ।

भुटान र माल्दिभ्स समूह चरणको दुवै खेलमा पराजित भई बाहिरिएका छन् । शनिबार नेपालले समूह ‘ए’ को अन्तिम खेल बङ्गलादेशसँग प्रतिष्पर्धा गर्दैछ । यो खेलले समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।