नेपाल क्रेडिटएण्ड कमर्स बैंक लिमिटेडको कृष्णपुर शाखा औपचारिक रुपमा संचालन
  • अनलाइनपाना संवाददाता
  • शनिबार, चैत्र २, २०७५
  • काठमाडौँ

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.ले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका, वडा नं. ५ कृष्णपुरमा शाखाकार्यालय औपचारिक रुपमा संचालनमाल्याएको छ ।

उक्त शाखाकार्यालयको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्र प्रसादबास्तोलाले २०७५ चैत्र १ गते, शुक्रबार संयुक्त रुपमा एक औपचारिक कार्यक्रमकाबीच समुद्घाटन गरे । साथै बैंक संचालक समितिका सदस्य चन्द्र प्रसादबास्तोलाले ताम्रपत्र अनावरण गरे ।

उक्तकार्यक्रमको अध्यक्षता कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालले गरेका थिए । उक्तकार्यक्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागतमन्तब्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखाप्रबन्धक रविन्द्र के.सी.ले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।