प्रचण्ड आज अमेरिका जाँदै
  • अनलाइनपाना संवाददाता
  • आइतवार, चैत्र ३, २०७५
  • काठमाडौँ

 नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल आज पत्नी सीताको उपचारका लागि अमेरिका जाँदैछन । परिवारका केही सदस्यका साथ उनी अमेरिका जान लागेका हुन् ।

पार्किन्सन लगायत शारीरिक तथा मानसिक समस्याले ग्रस्त सीतालाई थप उपचारका लागि अमेरिका लैजान लागिएको हो । यसअघि भारत र सिंगापुरमा उपचार गरिएपनि अवस्थामा सुधार नआएपछि सीतालाई थप उपचारका लागि अमेरिका लैजान लागिएको हो ।