कहिलेदेखि खुल्दै छ मलेसियाको रोजगारी ?
  • अनलाइनपाना संवाददाता
  • आइतवार, चैत्र ३, २०७५
  • काठमाडौँ

मलेसियामा नेपाली कामदार पठाउन सरकारले प्रतिबन्ध लगाएपछि गत जेठ देखि नेपाली कामदारलाई मलेसिया पठाउन सरकारले रोक लगाएको छ । लामो अन्तरालपछि अहिले मलेसियामा नेपाली कामदार पठाउन लागिएको छ ।

मलेसियामा ने.पाली काामदार पठाउन अप्रिल पहिलो साता अर्थात (चैत १८ पछि) बाट खुल्न लागेको छ । मलेसिया र नेपाल सरकारबीच गत कात्तिकमा भएको दोहोरो श्रम सम्झौताअनुसार नै अप्रिल पहिलो सातादेखि कामदार पठाउन तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

मलेसियाको सम्बन्धित निकायसँग नयाँ प्रक्रियामार्फत कामदार पठाउने भएको छलफल सहमतिमा पुगेपछि कामदार पठाउने विषय पक्कापक्की भएको श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए । श्रम मन्त्रालयका अधिकारीका अनुसार शुरुमा कलिङ्ग भिसा लागेका कामदारलाई मलेसिया पठाइने छ ।

‘सुरुमा कलिङ्ग भिसा लागेका कामदार पठाउने गरी गृहकार्य भइरहेको छ । श्रम मन्त्रालयले श्रम स्वीकृति बन्द गर्नु अघि भिसा लागेर पनि जान्न नपाएका कामदार पठाउने मलेसियासँग सहमति भइसकेको छ,’ श्रम मन्त्रालयका उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘अप्रिल पहिलो साता कलिङ भिसा लागेका कामदार पठाउने र त्यसपछि नयाँ श्रम स्वीकृति जारी गरी कामदार पठाइन्छ ।’

मन्त्रालयले पुरानो प्रक्रियामार्फत नभइ नयाँ मापदण्डअनुसार कामदार पठाउने उनको भनाइ छ ।

कलिङ भिसा लागेका करिब ७ हजार कामदार रहेको वैदेशिक रोजगार व्यवसायीले बताउँदै आएका छन् । कलिङ भिसा लागेका कामदारले पुनः स्वास्थ्य परीक्षण गराएर मात्र जान पाउने मन्त्रालयले जनाएको छ । कलिङ भिसा लागेका कामदार तत्काल पठाउनका लागि मलेसियाको मानव शसाधन मन्त्रालयलाई पत्राचार गरिसकेको र उत्त मन्त्रालयले पनि कलिङ भिसा लागेका कामदारलाई लिनका लागि नेपालमा रहेको मलेसिया राजदूतावासलाई पत्रचार गरिसकेको छ ।

गत जेठ महिनाम श्रम मन्त्री गोर्कण विष्टले रोगजारका लागि मलेसिया जाने कामदारमाथि आर्थिक भार लगाएर ‘ठगी’ गदै आएका विभिन्न संस्था खारेज गर्न निर्णयपछि मलेसियाको रोजगारी बन्द थियो ।