नेपालमा विदेशी यौनकर्मी सक्रिय, पढ्नुहोस् कुन देशका धेरै ?
  • अनलाइनपाना संवाददाता
  • आइतवार, चैत्र ३, २०७५
  • काठमाडौँ

पछिल्लो समय नेपाल विदेशी यौनकर्मीको ट्रान्जिट बन्दै गएको छ । नेपालका विकशीत बजारहरुमा विदेशी यौनकर्मीहरु छ्याप छ्याप्ति पाईन थालेका छन् ।

उनीहरु पर्यटकको आवरणमा नेपाल आउने र यौन व्यापार गर्ने गरेको खुलासा भएको छ । जसमा अधिकतम चिनियाँ, रुसी र अफ्रिकी कलगर्लहरु रहेका छन् ।

नेपाली यौन बजारमा सक्रिय दलाल र भारतीय यौन बजारका दलालको सहकार्यमा नेपाल आएका विदेशी यौनकर्मीलाई नेपालको खुला सीमा पार गराउँदै भारतीय शहरसम्म पुर्याउने गरेका छन् । खोजीको क्रममा एक अनुभवी भेटिए। जो दुई महिना अघि बुटबलको एक घरमा पुगे र फेला पारे चिनियाँ र रुसी यौनकर्मी।

साथीको विवाहमा सहभागी हुन बुटवल पुगेका कविराज बानियाँलाई साथीहरुले सरप्राइज नि पुर्याएको घरमा टन्नै तिब्बती मूलका चिनियाँ अनि रुसी यौनकर्मी युवतीहरु थिए। यो समाचार शुक्रबार साप्ताहिकमा छापिएकोा छ ।