केन्द्रका मन्त्रीहरुको प्रदेश २ का मुख्यमन्त्रीले खोले यस्तो पोल, जसमा मुछिए फोरमका मन्त्री, उपेन्द्र यादव फायर
  • अनलाइनपाना सम्बाददाता
  • बुधबार, माघ १६, २०७५
  • काठमाडौँ

संघीय सरकारका मन्त्रीहरुमाथि प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले लुट्ने र ठग्ने धन्दामा तल्लिन रहेको आरोप लगाएका छन्। उनले सिंहदरबारमा लुटेराहरुको जमात मात्र बसेको आरोप लगाए।

वीरगन्ज उद्योग वाणिज्य संघको ४३औं साधरणसभाबाट निर्वाचित पदाधिकारी र सदस्यको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई लक्षित यस्तो आरोप लगाएका हुन्।

सुखी नेपाली समृद्ध नेपाल भन्ने संघीय सरकारको नारा कागजी नारा मात्र भएको उनको आरोप छ। मुख्यमन्त्री राउतले भने,‘ ‘सिंहदरबारमा बसेकाहरुले मुलुक र जनता समृद्ध होस् भन्ने चाहेकै छैनन्, उनीहरु जनतालाई लुट्ने र ठग्ने धन्दामा मात्र लागेका छन्।’

सिंहदरबारमा लुटेराहरु मात्र बसेको आरोप लगाएपछि संघीय समाजवादी फोरमबाट मन्त्री भएका हरु पनि मुछिएका छन्।   मुख्यमन्त्रीले यस्तो आरोप लगाएपछि फोरम अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव फायर भएका छन्। स्रोतका अनुसार फोरमबाट मन्त्री भएकाहरुलाई धक्का पुग्ने गरी दिएको अभिब्यक्तिलाई चासोका साथ फोरमका अन्य नेताहरुले लिएका छन्।