मेगा बैंकको नयाँ शाखा गेरुवा गाउँपालिकामा
  • सन्तोष पौडेल
  • सोमवार, माघ २१, २०७५
  • बर्दिया

मेगा बैंकले गेरुवा गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।गेरुवा गाउँपालिका –५, पशुपतिनगरमा मा खोलिएको शाखाको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी.ले आइतबार उद्घाटन गरे । समारोहमा अध्यक्ष के. सी ले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरेका थिए ।

वित्तीय समावेशिताको नारा सहित हलो देखि हाइड्रो सम्म वित्तीय सुविधा प्रदान गर्ने लक्ष बोकी अर्थतन्त्रका समस्त वर्ग ठूला परियोजना, उद्यमी देखि एसएमई लगायत कृषि एवम् विपन्न वर्ग लाई सुविधा प्रदान गर्दै बैंक अगाडी बढेको बताउदै शाखा प्रबन्धक विनोद गुरुङ्गले बैंकले १०२ वटा शाखा कार्यालयहरु, १९ वटा एक्स्टेन्सन काउन्टरहरु, ८५ वटा एटीएमहरु र ११९ वटा शाखा रहित बैंकिङ्ग केन्द्रहरुबाट सेवा प्रदान गरिरहेको बताए ।

आधिकारिक उद्घाटन आईतवार गरिए पनि शाखाले गएको बैशाख २५ गतेबाट कारोबार सुरु गरेको थियो