नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यक्रममै श्रष्ठाहरु विभेदमा
  • अनलाइनपाना संवाददाता
  • आइतवार, चैत्र २४, २०७५
  • दमक

नेपाल प्रज्ञा प्रतिष्ठान र दमक नगरपालिका /दमक प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तृदिवसिय संगोष्ठी कार्यक्रम दमकमा चैत १७,१८ र १९ गते कस्मिम पार्टी प्यालेस दमकमा सप्पन्न भयो । सम्माननिय प्रधानमन्त्री मन्त्री केपि ओलिले उद्घाटन गरेको कार्यक्रममा प्रदेश नम्बर एकका कवि लेखक साहित्यकार लगायत उच्च ओहदामा रहेका सरकारी निकायका ब्यक्ति ब्यक्तित्वहरुको व्यापक उपस्थिति रहेको थियोे ।

कार्यक्रम सप्पन्न गर्नका लागि विभिन्न दस उपसमिति समेत तयारी गरिएको थियोे ।विभिन्न जातजातिहरुको संस्कृति झल्किने झाकिहरु समेत प्रदशन गरिएको थियो।विभिन्न जातिहरुको बारेमा कार्यपत्रहरु समेत प्रस्तुत गरिएको थियो।विभिन्न बिधाअन्तर गतका कार्यक्रमहरु संचालन भएका थिए।प्रदेश नम्बर एकका उच्चस्तरीय ओहदाको ब्यक्तिहरुको बाक्लो उपस्थिति भएको कार्यक्रममा भने नेपाली भाशा साहित्यमा बेग्लै पहिचान बनाएका कवि लेखकहरुलाई निम्त्याइएको थियो ।

तर टाढा टाढावास निम्त्याइएका कवि लेखकहरुलाई उपेक्षा गरिएको कुनै अवसर प्रदान नगरिएको दुखेसो थुप्रै कविलेखकहरुले सामाजिक संजाल फेसबूकमार्फत सार्वजनिक मात्र गरेनन ,आयोजकले विभेद गरेकोमा आपत्ति समेत व्यक्त गरे।गजलकारहरु पाँचथरका राज दिलान्जली,डिल्ली हाङ लावती,इलामकी रिता आचार्य र झापाका भिजन गुरागाइ लगायतकाले त फेसबूकमा पोस्ट नै गरेर आयोजकले नातागोता हेरेकोमा आयोजक समितिलाई धन्यवाद समेत व्यक्त गरेका थिए।

कार्यक्रममा घनश्याम संयोजक रहेको उपसमितिले संचालन गरेको गजल सन्ध्या भन्ने कार्यक्रममा उपस्थितिको आधारमा नभई आफ्ना आफन्त नातागोता र हेल्लो हाइका आधारमा पक्ष विपक्ष जस्तो गरि जाती पार्टी हेरिएको ,सिन्डिकेट लगाएर गजलको अपमान गरिएको नेपाली गजलका छुट्टै पहिचान बनाइसकेका गजलमा स्वतन्त्र शिर्षकका अभियन्ता राजकुमार खड्गाले गजल सन्ध्या कार्यक्रम गजल सम्बन्धि अध्ययन कम्ती भएकाहरूलाई कामको जिम्मा लगाएर आयोजकले गल्ती गरेको व्यक्त गर्नु भयो।

त्यस्तै ,सिक्किमबाट आएकी जिविका अश्रुले समेत टाढाबाट आएर पनि कुनै अवसर नपाएको गुनासो गरिन । टाढा टाढाबाट आएका पाहुनाहरुले गजल सम्बन्धि कार्यक्रम निस्पक्ष हुन नसकेको र दर्शक बनाएर ताली मात्र पिटन लगाएको व्यक्त गरेका छ्न।