खगेन्द्र संग्रौलाको टिप्पणीः रित्त्यो संसद, ६ करोड लिएर सांसद बेपत्ता !
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, जेष्ठ २१, २०७६
  • काठमाडौँ

खगेन्द्र संग्रौला.नेपालका प्रगतिशील साहित्यकार हुन् । उनले पछिल्लो समयमा विभिन्न पत्रपत्रिकामा राजनीतिक लेखहरू लेख्ने गरेका छन् । यो संगै उनि सामाजिक सञ्जालहरुमा पनि बिभिन्न समयमा सामाजिक, आर्थीक र राजनैतिक टिप्पणी लेखिरहेका हुन्छन् । साहित्यकार संग्रौले आफ्नो ट्वीटरमा आज संसदको बिषयमा टिप्पणी लेखेका छन् ।

उनले संसदमा बजेटमाथीको छलफल भैरहदा सांसदको उपस्थिती कम मात्रामा देखिएको बिषयलाई टिप्पणी लेखदै भनेका छन् “शून्य संसदमा विद्वान् प्रदीप गिरीको रित्ता कुर्सीलाई सम्वोधन । प्रभुको इसारामा कार्यकर्ता अर्थमन्त्रीले ६ करोड टक्रयाएपछि संसदबाट सांसद बेपत्ता ।” आजको नयाँ पत्रिका दैनिकमा छापिएको तस्विर सहितको समाचार पोष्ट गर्दै उनले अर्थमन्त्रीले सांसदलाई बजेट मार्फत ६ करोड छुट्याएपछि संसद भवनबाट सांसदहरु भगेको उल्लेख गरेको छन् ।

सांसद प्रदिप गिरीले धारणा राख्दै गरेको तस्विर सहितको समाचारमा संग्रौलाले शून्य संसदमा विद्वान् प्रदीप गिरीको रित्ता कुर्सीलाई सम्वोधन भनेर लेखेका छन् । उनले अगाडी लेखेका छन् “कार्यकर्ता अर्थमन्त्रीले ६ करोड टक्रयाएपछि संसदबाट सांसद बेपत्ता भएसंगै अब अलिकता रकम निर्वाचन क्षेत्रलाई, अलिकता आसेपासेलाई, अलिकता आफूलाई । बस, अर्काे पटक चुनाव जित्ने करिबन पक्का । फेरि खाने भो है घैँटेले!”