सशांक र शेखरको नै सभापतिमा भीडन्त हुने, अरु हेरेको हेर्‍यै
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, जेष्ठ ९, २०७६
  • काठमाडौँ

नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनमा शेखर कोइराला र शसांक कोइरालाकै सभापतिमा भीडन्त हुने भएको छ । सशांक महामन्त्री हुन् भने शेखर सबैभन्दा बढी मत ल्याएर जितेका केन्द्रीय सदस्य हुन् ।

सामाचारस्रोतका अनुसार दुवैजना आफूलाई सभापतिको दावेदार मान्दै आएका छन् । शेखरले जस्तो सशांकले भने मुख खोलेका छैनन् तर सशांकनिकटले भने उनी पनि सभापतिको कन्फर्म उम्मेदवार भएको बताउँछन् । महामन्त्री भएको हिसाबले सशांक स्वतः दावेदारका रुपमा चिनिन्छन् ।

सशांकले प्रतिनिधिसभाको यो निर्वाचन पनि जिते, उनी भरसक बोल्दा पैसा नै लाग्छ जस्तो गर्छन् तर शेखर अर्कालाई गाली गरेर बिग्रेका छन् । प्रतिनिधिसभामा शेखरे नेकपाका उम्मेदवार लालबाबु पण्डितसँग हारे । शेखरे लालबाबुलाई चिन्दिन भनेर निर्वाचनमा दिएको अभिव्यक्ति नै उनको लागि विष भयो । यस अघि मन्त्री भएर चर्चा कमाएका लालबाबु अहिले जे भएपनि तेतितिबेला चर्चित नै थिए ।

आगामी महाधिवेशनमा को उम्मेदवार बन्ने भन्ने चर्चा चल्न थालेको छ । शेखर देशव्यापी दौडाहामा हिँडेका छन् । उनले मेरो पक्षमा को र विपक्षमा को भन्ने पनि उनीसँग रेकर्ड छ, त्यसो त उनको सचिवालय पनि बलियो छ ।

सशांकको सचिवालय व्यवस्थित नभएपनि उनलाई नामका आधारमा र विपी कोइरालाको छोरो भएका आधारमा मतदाताले भोट हाल्छन् । उनी महामन्त्री हुँदा पनि कसैलाई एकपटक ‘जय नेपाल’ पनि भनेन् त्यसैले सजिलै भन्न सकिन्छ कि उनी त्यत्तिकै बलिया छन् । दुईजना नै उठ्ने भनेर हिँडेपछि सुजाता भने केही पनि बोलिसकेकी छैनन् । सशांकलाई उनकै मान्छेले ‘मुर्ति’ भन्ने गरेका छन् ।

अहिले दुवैजना आफ्नो पक्षमा माहोल बनाउन लागेका छन् । महामन्त्री हुँदा सशांकको भूमिका कमजोर भएको र उनले सभापति हुने गरी भूमिका नखेलेको भन्ने आरोप पनि छँदैछ । अहिले सशांक नउठ्ने हो भने अर्को महाधिवेशनमा उनको कुनै सम्भावना छैन त्यतिबेलासम्म उनी निस्क्रिय भइसकेका हुन्छन् ।

शेखर विपीका भतिजा हुन् । दुई कोइराला उठ्ने भनेपछि उता रामचन्द्र पौडेल भने तनावमा छन् । उनी के गर्ने भन्नेमा अन्यौलमा छन् । देउवासँग हारेका उनी फेरि पनि उठ्ने पक्षमा छैनन्, ४० प्रतिशत भाग माग्ने र टिम बचाउन लागेका रामचन्द्र अब पनि भाग माग्ने मगन्तेकै रुपमा चिनिने सम्भावना बढेर गएको छ ।

हुन त सभापतिमा दावी गर्ने अरु धेरै छन् उनीहरु भनें सभापति मागेर तल्लो तहमा व्यवस्थापन हुने लाइनमा छन् । १३ औं महाधिवेशनमा सभापति हारेका कृष्णप्रसाद सिटौला सभापतिमा पुनरागमन हुने लक्षण छैन किनभने गगन थापाको आड भरोसामा चलेका सिटौलालाई गगनले छोडेपछि सिटौलाको बिचल्ली नै हुने छ । महामन्त्रीको दावी गरेका थापाले सिटौला समूहबाट जित्ने नखदेखेपछि टीम फेनुपर्ने वाध्यता छ । थापाले पनि शेखरलाई सघाउने पनि समाचारस्रोतले जनाएको छ ।

अहिलेको पार्टीको नयाँ विधानले कोषाध्यक्षबाहेक सबै पदाधिकारीमा निर्वाचन हुने भएकाले पनि सबै नेतालई व्यवस्थापन गर्न सजिलो छ तर कुन समूहले सबैलाई मिलाउँछ उसकै जित्ने सम्भावना बलियो छ । शेखर र सशांक दुवै भ्रष्टाचारमा नजोडिएका र कलंकित नभएका व्यक्ति हुन् । देउवाले भने अर्को पक्षमा झगडा हुने भएकाले फेरि पनि सभापति जित्छु भनेर मख्ख छन् । देउवालाई व्याक गराएर म सभापति उठ्छु भन्ने पनि कोही छैनन् ।

कांग्रेस अलपत्र पारेर देउवा सिंहापुर टाप

नेपाली कांग्रेसले जागरण अभियान चलाइरहेका बेला पार्टी सभापति शेरबहादुर देउवा भने बुधबार राती नै सिंहापुर टाप खोलेका छन् । नियमित स्वास्थ्य उपचारको लागि उनी श्रीमती आरजु राणासहित त्यता गएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसले जागरण अभियान चलाएर पार्टीभित्र देखिएका आन्तरिक द्धन्द्ध हल गर्ने भन्दै आएको छ तर देउवा भने यहीबेला बाहिरिएपछि अभियानमा असर पर्ने अनुमान लाउन सकिन्छ । अभियानमा कांग्रेसले आफ्ना पनि कुरा गर्ने र सरकारले गरेका गलत गतिविधिको भण्डाफोर गर्ने भनेको छ ।

तर आन्तरिक किचलो व्यवस्थापन हुन नसक्दा कांग्रेसले सरकारको विरोधमा बोल्नसमेत सकेको छैन त्यसैले पनि प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस पनि छ र भन्न थालेका छन् ।

याे पनि पढ्नुहाेस् 

पेटमा समस्या भएपछि देउवा त्यसको उपचारका लागि गएराति सिंगापुर प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

देउवाले सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका छन्। चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। पत्नी आरजू राणालाई साथमा लिएर गएका देउवा जेठ १३ मा स्वदेश फर्कने जनाइएको छ।

गगनले छोडेपछि सिटौलाको बिचल्ली

गगन थापाले छोड्ने भएपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको बिचल्ली हुने भएको छ ।महाधिवेशन नजिकिँदै गर्दा कुन समूहबाट को–को उम्मेदवारी बन्ने भन्ने अड्कलबाजी हुन थालेको छ । गत महाधिवेशनमा सिटौलासँग महामन्त्री उठेर हारेका थापा अब पनि हार्ने गरी उम्मेदवार बन्ने पक्षमा छैनन् । सभापति उठिसकेका हुनाले सिटौला फेरि पनि सभापति नै उठ्ने कि नउठ्ने भन्नेमा अन्यौलमा छन् ।

आफ्नो सानो झुण्ड बनाएर पार्टी सभापतिसँग ‘वार्गेनिङ’ गर्न सिटौला माहिर छन् । गिरीजाप्रसाद कोइरालासँग बसेर राजनीति गरेका र कोइरालको टेक्निक जानेका सिटौला पनि चानचुने खेलाडी होइनन् । थापाले छोडेपछि सिटौला भने अन्यौलमा पर्ने चिन्तामा छन् । समाचारस्रोतका अनुसार थापा आगामी महाधिवेशनमा सिटौलालाई छोडेर अन्य समूहमा लाग्ने सोचमा छन् ।

सिटौला सभापति, थापा महामन्त्री र उमाकान्त चौधरी कोषाध्यक्ष उठेका थिए । शेरबहादुर देउवालाई सभापति बनाउन सिटौला समूहले अन्तिममा महत्वपूर्ण भूमिका खेलेका थियो । सिटौलाले आफू सभापति हारेर दोस्रो चरणको प्रतिस्पर्धामा जान नसकेपछि देउवालाई सघाएका थिए । पहिलो चरणमा देउवा, रामचन्द्र पौडेल र सिटौलाबीच सभापतिमा प्रतिस्पर्धा थियो ।