रामचन्द्रको चाहनामाथि देउवाको यस्तो प्रहार
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, असार १०, २०७६
  • काठमाडौँ

रामचन्द्र पौडेलको चाहनामाथि देउवाले प्रहार गरेका छन् । केही समयअघिको केन्द्रीय समितिको बैठकमा पौडेलले आगामी फाल्गुण ७ गते महाधिवेशन उद्घाटन गर्नुपर्छ भन्ने प्रस्ताव राखेका थिए तर देउवा र पार्टीका अरु नेताले त्यसलाई मतलब गरेनन् ।

गत महाधिवेशनमा पनि नराम्ररी सभापतिमा पराजय भएका उनी देउवाको कार्याकाल राम्रो नभएको र सबै मान्छे आफ्नो पक्षमा भएको भनेर मख्ख छन् ।रामचन्द्रले प्रतिनिधिसभाको निर्वाचनमा तनहुँ–१ बाट किसनकुमार श्रेष्ठसँग हारे ।

पौडेल २०४८ सालदेखि ५ पटकसम्म सांसद भएका मान्छे हुन् । उनी २०५१ सालमा सभामुख भएका थिए । देउवाको पार्टीभित्र जति आलोचना गरेपनि अन्तिममा सेटिङ मिलाउन जान्ने भएकाले उनी फेरि पनि सभापति भइन्छ भनेर मख्ख छन् ।

पार्टीको विधानले केन्द्रीय समितिको कार्यकाल ४ वर्ष रहने भनेको छ । आवश्यक परे १ वर्ष थप्न सकिने छ । तर संविधानले पार्टीको महाधिवेशन ५ वर्षसम्म गरिसक्नुपर्ने र बढीमा ६ महिनासम्म थप्न मिल्ने व्यवस्था गरेको छ ।

सबै सुविधा लिने हो भने २०७८ असोज अन्तिममा महाधिवेशन गरेपनि देउवालाई केही फरक पर्दैैन । उनी २०७३ चैत्र पहिलो साता सभापति भएका थिए । महाधिवेशनमा जाँदा जितिन्छ नै भन्ने टुंगो नभएपछि सकेसम्म देउवा कार्याकाल लम्ब्याउन नै लागेका छन् ।