अनावश्यक आक्रोश
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, बैशाख १३, २०७६
  • काठमाडौँ

सत्तारुढ नेकपाका युवा र विद्यार्थी संगठनका नेताहरुले एनसेलको सिम प्रयोग नगर्न संयुक्त अपिले गरेसँगै मिश्रित प्रतिक्रियाहरु आएको छ । आफ्नै माउ पार्टी नेतृत्वमा रहदा निजी लगानीकर्ताको सेवालाई बन्देज गरी लगानीकर्तालाई होत्साहित गरेको प्रतिक्रिया व्यापक रुपमा आएको छ ।

एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिर्दासम्म एनसेलेको सिम प्रयोग नगर्न, नगराउन मातहतका सबैलाई विद्यार्थी संगठनले आग्रह गरेको छ । देशमा सरकार छ र सरकारले कुनै पनि लगानीकर्ताले कानुन मिचेमा आवश्यक कानुनि प्रक्रिया अपनाएर कार्वाही वा नियन्त्रण गर्न सक्छ । तर, निजी कम्पनीको सेवामा असर पुग्ने गरि अरु संगठनले कहिले आतंक मचाउने त कहिले बन्देज गर्ने प्रक्रिया कदापि राम्रो होइन ।

कानुनि राज्यमा विभिन्न संगठनले निजी कम्पनिमा माथि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रहार गर्नु देशलाई लाभदायक हुदैँन । तसर्थ, विद्यार्थी संगठनले अनावश्यक आक्रोश देखाएर एनसेलमाथि बन्देज लगाउनु गलत हो । एनसेलले देशको कानुन मिचेको खण्डमा कार्वाही हुनुपर्छ ।

राज्य कार्वाही गर्न पनि पछि हट्ने र जनता विरोधमा उत्रनु असन्तुलित प्रक्रियाले निरन्तरता पाउनु हो । अतः कानुनि राज्यमा नियमनकारी निकाय चनाखो हुनुपर्छ । र, यसरी जनतामाथि रिसको भारी बोकाएर कुनै एक लगानीकर्तालाई होत्साहित गर्नु राज्यको कानुनमाथि नै प्रश्न उठ्नु हो भन्ने सम्बन्धित सबैले बुझ्न आवश्यक छ ।