कारागारलाई सुधारगृह बनाउ
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, बैशाख २४, २०७६
  • काठमाडौँ

हाल देशभर कुल ७४ कारागार छन् । अधिकांश कारागारको अवस्था भने दयनिय छ । कुल १० हजार जना राख्न सकिने क्षमता भएका देशभरिका ७४ वटा कारागारमा अहिले करिब २० हजार कैदीबन्दी छन् ।

विभिन्न समयमा हुने अनुगमनले कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी, एकरदुईबाहेक सबै भवन जीर्ण, शौचालयको अभाव र खानेपानीसमेत समस्या रहेको जनाउँदै आएको छ ।

खासगरी पहाडी जिल्लामा खानेपानी समस्या र तराईमा क्षमताभन्दा निकै बढी कैदीबन्दी रहेकाले कारागारसँगै उनीहरूको अवस्थासमेत दयनीय छ । कतिपय ठाउँमा खाट नहुँदा चिसो भुइँमै सुतेको अवस्थामा भेटिएको अनुगमन टोलीले जनाउँदै आएको छ ।

कारागार सुधारगृह हो । तर, कैदिहरुले कारागारमा भोग्नुपरेको समस्या थप उनीहरुलाई मानसिक तनाव हुने देखिन्छ । तसर्थ, कारागारलाई सुधार गृह बनाउने उद्देश्यसहित देशभरि अनुगमनसँगै सुधार गर्दै लैजाने योजना बन्न आवश्यक छ । त्यसैगरि, कारागार सुधार अभियानकालागि जिम्मेवार निकायले आवश्यक कदम चाल्न जरुरी छ ।

अतः कारागारलाई सुधारगृह बनाउन सम्बन्धित निकायले कारागारमा देखिएका समस्याको समाधान गर्न सक्नुपर्छ ।