के निहुँ पाँउ भएको विवेकशिल साझालाई पौडेलले गज्जबको मसला दिएपछि…..
  • अनलाइनपाना संवाददाता
  • सोमवार, बैशाख २, २०७६
  • काठमाडौँ

बिवेकशिल साझाको गतिविधी देखिनलाई गोविन्द केसीको अनसन कुर्नु पर्ने बाध्यतालाई केहि हद सम्म भएपनि नेकपाका महासचिव बिष्णु पौडेलले राहत दिएका छन् ।

भुमाफीया सँगको साँठगाँठमा बालुवाटारको जग्गा नेकपाका महासचिव पौडेल लागायतले आफ्नो नाममा पारेको समाचार बाहिर आएर नागरिक स्तरबाट चर्को विरोध भएपछि पुर्व पत्रकार रविन्द्र मिश्र नेतृत्वको विवेकशिल साझा पार्टीले नागरिकको सेन्टीमेन्ट क्यास गर्न काठमाडौमा जुलस निकालको छ ।

बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्ला होसियार चर्को स्वरमा बोलौँ भ्रष्टाचारीको पोल खोलौँ नेता हौकी भुमाफीया जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका विबेकशिल साझाका कार्यकर्ताले राजधानीमा प्रदर्शन गरेका थिए ।