नेविसंघ सभापति महर पक्राउ
  • अनलाइनपाना सम्बाददाता
  • मङ्लबार, माघ २२, २०७५
  • काठमाडौँ

सरकारविरूद्ध प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरलाई प्रहरीले पक्राउ गरेको छ।

नेविसंघ कास्की पोखराका कार्यकर्तालाई प्रहरी, प्रशासनले झूटा मुद्दा लगाएको भन्दै प्रदर्शनमा उत्रिएका महरसहित उपसभापति नवीन राईलगायत छ जनालाई प्रहरीले मंगलबार दिउँसो बानेश्वरबाट पक्राउ गरेको हो। उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ।

गत शनिबार नेविसंघले पोखरामा सरकारी गाडीमाथि आगजनी गरेका थिए। सरकारी गाडी जलाउन संलग्न रहेको भन्दै नेविसंघका पाँच जना पक्राउ परेका छन्। उनीहरूको रिहाइको माग गर्दै प्रदर्शन गर्दा महर पक्राउ परेका हुन्।