हामीलाई गाली गरेर ओली–प्रचण्ड उम्किन खोज्ने : लेखराज भट्ट
  • अनलाइनपाना सम्बाददाता
  • मङ्लबार, माघ २२, २०७५
  • काठमाडौँ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखराज भट्टले आफूहरुलाई मात्रै गाली गरेर नेतृत्व उम्किन नपाउने चेतावनी दिएका छन ।

सांगठनिक एकता टुँगो लगाउन गठित कार्यदलका सदस्य समेत रहेका भट्टले मंगलबार विहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले कार्यदललाई अहिले नै निकम्मा भन्न नहुने जिकिर गरे । कार्यदलले समयमै काम गर्न नसक्नुको कारण सचिवालयलाई पनि थाहा रहेको उनको दाबी छ ।

कार्यदलले काम नगर्दा पार्टी एकता त तुहिने भयो नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘मैले प्रष्टसँग भनिसकें कि कार्यदलका संयोजक र महासचिवले हामी तपाईहरुलाई खबर गर्छौं भनेर भनेपछि अरु सदस्यको के दोष भयो र ? “