नेकपा एकता विघटनतर्फ, नेता माकुनेले दिए यस्तो प्रतिकृया !
  • अनलाइनपाना संवाददाता
  • सोमवार, बैशाख ९, २०७६
  • काठमाडौँ

पार्टी एकता भएको झण्डै एक वर्षपछि पुर्णता पाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक कलह सुरु भएको छ । आज ७७ जिल्ला नेतृत्वको सूची बाहिरिएपछि वरिष्ठ नेता माधव कुमार नेपालले कार्यक्रम बहिष्कार गरेका छन् ।

राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित नेकपाको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट नेपाल बाहिर निक्लेको जनाइएको छ । हिजो राति अवेर नेकपाको सचिवालय बैठकले जिल्ला तहको नेतृत्वको टुंगो लगाएर आज घोषणा गरिएको हो ।

कार्यक्रममा नेकपा नेता विष्णु पौडेलले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको लिस्ट उपलब्ध गरेका थिए । नेता नेपाल वाहिरिएपछि मन्चमा केपी ओली र प्रचण्डसहित नेताहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेललाई मात्रै देखिएको थियो ।

यता, नेकपाका प्रभावशाली युवा नेता योगेश भटट्राईले पनि नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार घोषणा गरिएको नेकपाका ७७ वटा जिल्ला कमिटीका अध्यक्ष र सचिवको छनोटमा स्पष्ट मापदण्ड नअप्नाइएको भन्दै गुटका आधारमा चयन गरिएको उनले आरोप लगाए ।

उनले जिल्ला कमिटी घोषणा गर्नु सकारात्मक र स्वागतयोग्य भएको जनाए । तर, यसमा अपनाइएको विधि र प्रकृया गलत भएको र गुटगत स्वार्थ हावी भएको उनको ठहर रहेको छ । उनले सचिवालयको त्यहि निर्णय स्थायी कमिटी हुदै केन्द्रीय कमिटीबाट अनुमोदन गरेर गरेको भए संगठनात्मक पद्धति नमिचिने भन्दै आगामी दिनमा नेताहरुलाई त्यसतर्फ ध्यान दिन सुझाव समेत दिए ।