‘म नेपालको सुशील कोइराला जस्तो बन्न चाहन्छु’ : पाकिस्तानी प्रधानमन्त्री खान
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, बैशाख १०, २०७६
  • काठमाडौँ

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालका दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सरहाना गरेका छन् । खानले कोइरालाको जस्तो सादगी जीवन धेरै नेतामा नहुने भएकाले आफू उनको प्रशंसक भएको उल्लेख गर्दै अनुशरण गर्ने जनाएका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै खानले कोइरालाको सम्पत्ति विवरण र सम्मानित जीवन आफ्ना लागि प्रेरणको स्रोत भएकाले आफूपनि कोइरालाजस्तै बन्ने कोसिस गर्ने जनाएका छन् ।

कोइरालाको सम्पत्तिको नाममा तीन थान मोबाइल मात्र रहेको र भाईको घरमा बस्दै आएको मानिस मुलुकको राष्ट्र प्रमुख बन्न सक्ने कुराको उदाहरण दिएर गएको कुराको स्मरण गरेका थिए । यस्तै, उनी उच्च नैतिकवान नेता भएकाले संसारका लागि प्रेरणाका साथै शिक्षाको स्रोत समेत भएको जनाए ।

खानले कोइरालाको अनुसरण गर्दै सरकारी निवास समेत छाडेर सामान्य घरमा बस्न थालेका छन् । यस्तै, सरकारी खर्चमा मितव्ययीता अपनाउने भन्दै उनले सैन्य सुरक्षाका साथै दुई जना कामदार मात्र लगेका छन् । जवकी प्रधानमन्त्री निवासमा कामदार मात्रै ५२४ जना रहेको जनाइएको छ ।

६५ वर्षीय धानमन्त्री खान पाकिस्तानका पूर्वक्रिकेटर समेत हुन् । स्मरण रहोस पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरीफ आफ्नी छोरीसहित भ्रष्टाचार मुद्दामा कैद सजाय भोगीरहेका छन् ।

आक्रोशलाई शक्तिमा बदल्न जरुरी छ

आफूमाथि लागेका विभिन्न आरोपहरुको सामना गर्दै यी कप्तानले सबै विकेट सम्हालेका छन् । आम नागरिकहरुको आवाजलाई बुलन्द बनाउँदै पार्लियामेन्ट सरकारको आलोचना गर्ने कामको कारण इमरान खान सबैभन्दा ठूलो मतदाताको आशा र भरोसाको केन्द्र बने ।

बैठक कोठामा बसेर सिष्टमलाई मात्रै गाली गर्ने उच्च वर्ग र अस्तव्यस्त सरकारी प्रणालीबाट दिक्क भएका आम युवापुस्ताले लाइनमा लागेर आफ्नो अमूल्य मत हालिसकेका छन् ।

युवा वर्गले ‘नयाँ पाकिस्तान’को सपना बुनेका छन् । राजनेताहरुलाई गालीको निशाना बनाउने युवाहरुलाई मात्रै इमरान खानको कारणले केही आशा दिलाएको छ । उनीहरुले यी गतिशील कप्तानको इमानको लागि भोट दिएका छन् ।

एक करोड ६८ लाख भन्दा धेरै भोटमा युवापुस्ताको एक ठूलो संख्या रहेको छ । तथ्यांकहरुको अनुसार अघिल्लो चुनावको तुलनामा दुई करोड नयाँ भोटर यो चुनावको हिस्सा बनेको छ ।

निर्वाचनबाट इमरान खानले संसदीय लोकतन्त्रको भविष्यलाई सुरक्षित बनाइरहेका छन् भन्ने कुराको पूरा आशा गरिएको । तर, एक महत्वपूर्ण कुरा अब यी कप्तानलाई फेरि त्यो युवा टिमको नेतृत्व गर्नेछन् जो गाली गलौजमा विश्वासमा राख्छन् ।
उनले युवाहरुको आक्रोशको आगोलाई शक्तिमा बदल्नुपर्छ । युवाहरु मोबाईलफोन हातमा लिएर न्यायको खोजीमा आफ्नो वरीपरीका चोरहरुलाई पिछा गर्दै दौडिएका छन् ।

उनीहरु गल्ली र बजारहरुमा अभियुक्तलाई दोषी बनाएर पेश गरिरहेका छन् र फैसला धेरैको भीडमा सार्वजनिक गर्ने कोशिसमा छन् । अब, उनले राम्रो काम गर्न सकेनन् भने आज उनकै समर्थन गर्ने यी युवाहरु भोलि उनको विरुद्धमा हुन सक्छन् ।

इमरानको लागि अर्थव्यवस्था ठीक गर्न सायद ठूलो मसला होइन । अझै पनि उनले अर्थव्यवस्थालाई मजबुत बनाउने र सिस्टमलाई सही ट्रयाकमा ल्याउन सक्छन् ।

तर ‘नयाँ पाकिस्तान’का नयाँ मतदाता जो इमरानको शक्ति हुन् उनीहरुलाई असल, शिष्ट र दक्ष नागरिक कसरी बनाउने भन्ने ठूलो चुनौती रहेको छ । यस मुद्दाले नै ‘नयाँ पाकिस्तान’मा इमरानको सफलताको परीक्षण गर्ने छ ।