एक सिटे बावुरामले काँग्रेसलाई म्युजियममा राखौँ भनेपछि…
  • अनलाइनपाना संवाददाता
  • शनिबार, जेष्ठ ४, २०७६
  • काठमाडौँ

आफ्नो अस्तित्व समाप्त हुने भएपछि तात्कालिकन नयाँशक्ति पार्टी नेपाललाई हतार हतारमा संघिय समाजवादी पार्टी नेपालसँग एकता गरेर समाजवदी पार्टी नेपाल निर्माण गरेका गोरखाका एक सिटे डा. बावुराम भट्टराईले आफैँलाई भोट हालेर सांसद बनाएको काग्रेस पार्टी माथि कडा प्रहार गरेका छन् ।

भट्टराईले अब काँग्रेसको युग सकिएकोले म्युजियममा राखेर सजाउनुपर्ने सम्मको अभिब्यक्ति समेत दिन भ्याएका छन् । पार्टीको गण्डकी प्रदेशको तमुवान–मगरातद्वारा शुक्रबार आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रममा उनले जनताको समृद्धि र विकास गर्ने पार्टीको रुपमा नयाँ पार्टी आएकोले अब, समाजवादी पार्टीले यसको नेतृत्व गर्ने उल्लेख गरे ।

भट्टराईले समुन्नत समाजवाद निर्माणका लागि समाजवादी पार्टीको स्थापना गरिएको बताउँदै मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुका साथै सुशासनलाई टेकेर समृद्ध नेपालको जगमा समुन्नत समाजवादको निर्माण गर्ने पार्टीको लक्ष्य रहेको धारणा राखे ।

दुवै पार्टी समाजवादी र लोकतान्त्रिक विचारधाराका रुपमा रहेकाले एक ठाउँमा आएर मुलुकलाई नयाँ विकल्प दिएको उल्लेख गर्दै पार्टीलाई बुद्धिमतापूर्ण ढङ्गले प्रथम राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने भन्दै भट्टराईलेमुलुकको भौगोलिक एकीकरण भए पनि अहिले पनि भाषिक तथा सांस्कृतिक विकास हुन नसकेकाले राष्ट्रिय र बाह्य एकताका लागि पार्टीले ठोस् रुपमा दायित्व निर्वाह गर्ने समेत बताए ।

सोही कार्यक्रममा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री तथा समाजवदी पार्टी नेपालका अर्का अध्यक्ष उपेन्द्र यादवले सामाजिक न्यायमा आधारित राज्य प्रणालीलाई अगाडि बढाउनमा यो एकताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यादवले नागरिक स्वतन्त्रता, लोकतन्त्रमा आधारित समानता, विभेद्को अन्त्य र मुलुकलाई समृद्ध बनाउने पार्टीको नीति रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सुशासन, समाजवाद, पहिचानसहितको सङ्घीयता र गरीबी अन्त्य गर्न दुई शक्ति एकीकृत भएको ठोकुवा गरे ।