अधिकारीको घरमा बसेर प्रचण्डले विद्रोहको तयारी गरेको त्यो दिन…
  • अनलाइनपाना संवाददाता
  • आइतवार, जेष्ठ ५, २०७६
  • काठमाडौँ

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिले एकतावद्ध भएर देशको उदेश्य प्राप्तिका लागि मेहनत गर्नुको बिकल्प नभएको बताएका छन् । आइतबार ललितपुर महानगरपालिका वडा न २६ को ढोलाहिटीको नवर्निमति भवनको उद्घाटन गर्दै उनले प्रचण्डले भने, ‘जनतालाई राम्रो सेवा सुविधा दियौं भन्ने प्रमाण्ति गर्नु आवश्यक रहेको बताए ।

काठमाण्डौंबाट सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गतकै तीनै तहको सरकार बनेको हो, यो स्थानिय तह जनताको सेवा र सुविधाका लागि हो, यहाँका जनप्रतिनिधिले जनताका बीचमा आफूलाई काम गरेको प्रमाणित गर्नुपर्छ’ उनले स्थानिय जनप्रतिनिधीलाई जनताको मन जितेर काम गर्न निर्देशनसमेत दिए ।

प्रचण्डले संघीयतामा तीन तहको सरकार सिंहदरवारको अधिकार गाउँतहसम्मै पुर्याउने उदेश्यका साथ निर्माण गरिएकाले जनप्रतिनिधीले जनताको मन जितेर काम गर्नुपर्नेमा औँल्याए ।

केन्द्रीकृत संरचनामा रहेको सिंहदरबारबाट जनताले सेवा लिन नसकेको ठानी तीन तहको सरकार बनाएको पनि स्पष्ट पारे । बजेट र पूर्वाधारको अभावले अपेक्षा अनुसार प्रत्यक्ष रुपमा सेवा प्राप्त गर्न नसकेपनि अब भने सबैको ध्यान त्यसैमा केन्द्रीत गर्नुपर्ने उनको भनाई छ ।

अहिले ऐन नियम बनिनसकेको र अभाव रहेकै वेला हिजोको एकात्मक राज्य नै ठीक भन्नेहरु अलि अलि सल्वलाउन थालेपनि क्रमश: विकास निर्माणले गति लिन थालेकोले जनताको अपेक्षा अनुसारको काम हुँदै जान थालेको अध्यक्ष प्रचण्डले बताए ।

आफूले ललितपुरमै बसेर विद्रोहको तयारी गरेको, शान्ति प्रक्रियापछि पनि ललितपुरमै बसेको र अहिले ललितपुरमै आफ्नो बसाईरहेकोले पनि ललितपुर जिल्लासँग भावनात्मक सम्बन्ध रहेको चर्चा पनि गरे ।

ललितपुर जिल्लाको समृद्दि र विकास मेरो पनि चाहाना हो भन्दै उनले यसका लागि प्रधानमन्त्री सहितको जनप्रतिनिधीहरुको बैठक राख्न आफूले पहल गर्ने बचनबद्धता व्यक्त गरे । ‘फाष्ट ट्रयाकबाट ललितपुरको विकासका लागि प्रधानमन्त्री सहतिको वैठक राख्न म पहल गर्छु, उनले भने, ‘ललितपुर जिल्लाको समृद्धि र जनताको हितको निम्ति निरन्तर सहयोग गर्ने आश्वासन समेत दिएका छन् ।’

प्रचण्डको नयाँ घोषणा, घरबेटीलाई कारबाहि ?

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नुवाकोटको ककनी पुगेका छन् । पोष्टबहादुर बोगटीको स्मृतिमा ककनीमा सुरु भएको कृषि महोत्सवको उद्घाटन गर्नका लागि प्रचण्ड त्यहाँ पुगेका हुन् ।

प्रचण्ड नुवाकोट जादा भत्किएको बाटो प्रयोग गरेर ककनी पुगे, जसको काम हाल उनी बसिरहेका घरबेटी भनिएका ठेकेदार शारदाप्रसाद अधिकारीले ठेक्का लिएका थिए । हाल अधिकारीको शैलुङ कन्स्ट्रक्सनले काम गरेको छैन, स्थानीयवासी त्यसैको विरोधमा आन्दोलित मात्र छैनन्, चेतावनी समेत दिन बाध्य भए, र संघर्ष समिति गठन गरे ।

कार्यक्रममा केहीले प्रचण्डका घरबेटीले नै बाटो बिगारेको र नबनाएको र प्रचण्डले त्यसमा कुनै पनि दबाब नदिएको गुनासो छरपष्ट पारे। र यसबारे प्रचण्ड बोले र भने मेरो अधिकारीसँग कुनै सरोकार छैन्, ठेकेदार जतिलाई ठिक ठाउँमा राख्न सरकारलाई ठाडो आदेश पनि दिए ।

आठ दश जना ठेकेदारले मुलुकलाई बन्धक बनाएको जनाउदै कारबाही गर्नका लागि सरकारलाई सुझाव पनि दिए । पछि आफूलाई बचाउदै भने, म जुन घरमा बसेको छु, त्यो घरबेटीसँग सम्बन्धित छ भनेर हितबहादुर तामाङले बढी नै जोड गरेर भन्न खोज्नुभएको जस्तो लाग्यो । सम्बन्धित ठेकदार कम्पनीको कहाँकहाँ ठेक्का छ भनेर थाहा पाएर घरमा बस्न गएको होइन । म गएपछि ठेक्का पाएको पनि होइन ।’

ठेकेदारले सरकारसँग ठेक्काको पेश्की लिने र जग्गा दलाली गर्ने गरेकाले काम पूरा हुन नसकेको पनि बताए । ठेकदारको एकाधिकार नतोडे जनताले देख्ने गरी प्रगति र समृद्धि आउन कठिन रहेको उनको भनाई छ ।

के अब अधिकारीलाई कारबाही होला त ?

प्रचण्डको यो भनाईपछि सरकारले सडक नबनाउने कन्स्ट्रक्शन मालिकअधिकारीमाथि कारबाहीको गर्न सक्ने देखिएको छ तर त्यो भने सरकारको हातमा रहेको छ ।

स्थानीकासामु नै प्रचण्ड ठेकेदारहरूप्रति आक्रामक र अधिकारीसँगै कुनै लेनदेन नरहेको भन्न चुकेका कारण स्थानीय सरकारले अधिकारीमाथि कारबाही चलाउन सक्छ ? कि सक्दैन् त्यो भने हेर्न बाँकी रहेको छ ।