प्रदेश २ का जनताका कारण मात्रै नेपालमा संघियता आएको हो: मुख्यमन्त्री राउत
  • अनलाइनपाना संवाददाता
  • सोमवार, जेष्ठ २०, २०७६
  • काठमाडौँ

प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ का जनताका कारण नेपालमा संघियता आएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासंगको कुराकानीमा मुख्यमन्त्री राउतले मुलुकमा संघियता आउनु प्रदेश २ का जनताको आन्दोलनको मुख्य भुमिका रहेको उल्लेख गरे ।

यो पनि पढ्नुहोस्

जागरण अभियान मार्फत कांग्रेसले नयाँ इतिहास निर्माण गर्नुपर्छ : पूर्व मन्त्री दिपक खड्का

धनकुटाको छथरजोरपाटी गाउपालिकामा नेपाली कांग्रेसलाई सशक्त र सक्रिय बनाउन संचालन गरिएको पहिलो चरणको जागरण अभियान आज सम्पन्न भएको छ ।जागरण अभियानको समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधि तथा पूर्व मन्त्री दिपक खड्काले जागरण अभियान मार्फत कांग्रेसले नयाँ इतिहास निर्माण गर्ने वताएका छन् । अव कांग्रेस गाउ गाउमा जनताको साथमा रहेर काम गर्ने समेत बताए ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल, उपसभापति नविन किशोर शाक्य, जिल्ला सदस्य निर्मल ओझा, क्षेत्रिय सभापति इन्दिरा थापा लगायतले जागरण अभियानले प्रमुख प्रतिपक्ष दल गाउ गाउमा देखिन थालेको सन्देश पुगेको बताउदै यसले जनता आशा र विश्वास पलाएको बताए । कार्यक्रमको संचालन यूवा नेता धिरेन्द्र मिश्रले गरेका थिए।

नेपाली कांग्रेस छथरजोरपार्टी गाउपालिकाका संयोजक छत्र लिम्बुको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस परेवादिनका सभापति चन्द्र लिम्बुले व्यक्त गरेका थिए ।

भने कार्यक्रममा नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु कमोट फागो, लेखनाथ पौडेल, लोकेन्द्र रायमाझी, खेम पौडेल, विष्णु पौडेल, मोहन वान्तवा, सुमना तिम्सिना, इन्दिरा थापा, भक्तलाल मादेन, नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष धिरेन्द्र वहादुर लिम्बु, पूर्व अध्यक्ष विश्वनाथ दाहाल,डिएल धनकुटका अध्यक्ष लाखमान राई,नेपाली कांग्रेस सहिदभूमीका संयोजक तिर्थ राई, नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारीको पस्थिति रहेको थियो ।

साथै क्षेत्रिय कोषाध्यक्ष लोकमणी घिमिरे, राम वहादुर वराल, नेपाली कांग्रेस तेलियाका सभापति मेखराज खतिवडा, हात्तिखर्कका सभापति चन्द्र अधिकारी, मूर्तीढुंगाका सभापति प्रेम ढकाल, नेपाल विद्यार्थी संघका अध्यक्ष बालानन्द दाहाल, सचिव सरोज धमला, नेपाल तरुण दलका उपाध्यक्ष यूवराज पराजुली, सचिव नरेन्द्र राई, क्षेत्रिय अध्यक्ष तिलक महत, नेपाल किसान संघका उपाध्यक्ष भोलनाथ घिमिरे, नेपाली कांग्रेसका यूवा नेता गोविन्द्र लिम्बु, ढकल सिं लिम्बु, ग्याल्जे शेर्पा, नविन श्रेष्ठ, सन्तोष श्रेष्ठ, भोगेन्द्र थापा, लगायत छथरजोरपाटी क्षेत्रका कांग्रेसजनको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Share this: