सास्कृतिक धरोहर मास्ने गुठी विधेक फिर्ता हुनुपर्छ: प्रकाशमान सिंह
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ २९, २०७६
  • काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेता प्रकाशमान सिंहले परम्परागत सास्कृतिक धरोहर मास्ने विधेक अविलम्ब फिर्ता गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधवार बसेको बैठकमा नेता सिंहले गुठीयारसँग परामर्श नगरी ल्याएको विधेयक अबिलम्ब फिर्ता गर्न माग गरेका हुन् ।

‘सरकारले ल्याएको गुठी विधेयकले हजारौं वर्षदेखि नेपाली सस्कृति र परम्परालाई जोगाइ राख्ने निजी गुठी
सार्वजनक गुठी बनाएर प्राधिकरण मार्फत नियन्त्रणमा लिने नियत देखियो,’ सांसद सिंहले भने ।

सरोकारवालासँग परामर्श नगरी ल्याएको विधेक कसको लागि आएको हो र ल्याउनु पर्ने कारण के हो रु यस बारे जताततै विरोध भइरँदा पनि दुई तिहाई महुमतको बलमा विधेक पारित हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे

संविधानको प्रावधान र गुठीको प्राण उडाउने गरी खराब नियतबाट ल्याइएको विधेयक तुरुन्त फिर्ता लिन माग गरे । पुस्तौ पुस्तादेखि सञ्चालन गर्दै आएको गुठीलाई प्राधिकरणको नाम दिएर नियन्त्रण गर्न खोजिएको छ,’ नेता सिंहले भने ।