विप्लव समूहद्वारा वडा कार्यालयमा तोडफोड, दलालविरुद्ध कारवाही जारी राख्ने चेतावनी
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ २९, २०७६
  • काठमाडौँ

जाजरकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यक्रताले नलगाड नगरपालिका–१० को वडा कार्यालय तोडफोड गरेका छन् ।

कार्यालयका कुर्सी, दराज, कागजातमा क्षति पुर्‍याइएको छ। जिल्ला प्रहरी कार्यालयले कार्यालय तोडफोड गरेको पुष्टि गरेको छ।

उनीहरुले जनप्रतिनिधिहरुलाई भ्रष्ट, दलालको आरोप लगाउँदै कार्यालय तोडफोड गरेका छन् । विप्लव समूहका जाजरकोट जिल्ला इञ्चार्ज प्रेमप्रकाश ओलीले अन्य ठाउँमा समेत दलालविरुद्ध कारवाही जारी राख्ने चेतावनी दिएका छन् ।