योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वय किन हुन सकेन डा. संग्रौला ?
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ २९, २०७६
  • काठमाडौँ

नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयन नभएको भन्दै छिटो कार्यनन्वयनमा ल्याउन माग गरेकी छन् ।

बुधबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै डा. संग्रौलाले कार्यन्वयनको क्रममा रहेको सामाजिक सुरक्षा योजनाको लागि रोजगारदाता सूचीकरण र श्रमिकहरुको सूचीकरण एक प्रतिशत पनि हुन नसकेको भन्दै ध्यानाकर्षण गराए ।

यो अवस्थामा श्रमिकहरुले विगतमा पाइरहेको सुरक्षा योजना पनि नपाउने र नयाँ योजनामा पनि जान नसक्ने अवस्थाले थप जटिलता सृजना हुने भएकोले गम्भिर भएर लाग्न आग्रह गरे ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले केवल संगठित योजनालाई मात्रै समेट्दछ तर कुनै पनि सुरक्षा योजनाको छाता भित्र नरहेको अनौपचारिक क्षेत्रको श्रमिकहरुको लागि सरकार के गर्दैछ रु वैदेशिक रोजगारमा रहेको श्रमिकहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा सम्मानित सर्वोच्च अदालतले श्रमिकको कार्यस्थलबाट मतदान गर्न पाउन पर्दछ भन्ने विषयप्रति सरकार किन मौन छ रु उनले प्रश्न गरे ।

हाल सरकारले गरेको न्यूनतम ज्याला निजी क्षेत्रका विद्यालय, नर्सिङहोम लगायत थुप्रै कलकारखाना तथा उद्योगहरुमा लागू नभएको अवस्था छ । यसको कार्यान्वयनको लागि गम्भिर भएर लाग्न आग्रह गरे ।