प्रधानमन्त्रीलाई बेलायतमा नेपाली राष्ट्रिय गानमा सलामी अर्पण
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ २९, २०७६
  • काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायतमा रहेका गोरखा सैनिकहरूले सलामी अर्पण गरेका छन् । यूरोप भ्रमणमा रहेका प्रधानमन्त्री ओली मंगलबार संयुक्त राज्य बेलायतको काम्बर्ली स्थित रोयल मिलिटरी एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा पुगेका थिए। नेपाली राष्ट्रिय गान बजाएर उनलाई सलामी दिइएको थियो ।

उनलाई ’ब्रिगेड’मा रहेका गोरखा सैनिकले गार्ड अफ अनर प्रदान गरेका हुन्। त्यसअघि प्रधानमन्त्री ओलीले समकक्षी थेरेसा मेसँग भेट गरी गोरखा सैनिक सम्बन्धी सहमति भएको त्रिपक्षीय सन्धिको पुनरावलोकनको प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री ओली बुधबार फ्रान्स जाँदैछन् । १९ वर्षपछि नेपालका प्रधानमन्त्री बेलायत भ्रमणमा गएका हुन् । जहाँ उनले प्रधानमन्त्री मेदेखि युवराजसँग समेत भेटघाट गरेका छन् ।