प्रचण्डलाई चकित पार्दै लोकसेवाको विज्ञापन र गुठी विधेयकबारे प्रधनामन्त्री अ‍ोलीको आयो यस्तो प्रतिक्रिया
  • अनलाइनपाना संवाददाता
  • आइतवार, असार १, २०७६
  • काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । आइतबार बिहान ८ दिने युरोप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताए ।

‘म आइसक्या छु सबै कुरा हेरेर सांस्कृतिक र ऐतिहासिक धरोहर, परम्परतामा कुनै कुराले कहीँ पनि जानेररनजानेर घच्चा लागेको रहेछ भने सरकारले सच्याउँछ,’ उनले भने । गुठीका गरिबमाथि शोषण भइराखेको उनले बताए ।

‘कतिपय ठाउँमा गुठीका नाममा गरिबमाथि शोषण भइराखेको छ,’ प्रधानमन्त्रीले भने, ‘साँस्कृतिक धरोहरसँग जोडिएका ठाउँमा कतै धक्का लागेको रहेछ भने सरकारले विचार गर्छ ।’ उनले प्रतिपक्षी दलप्रति लक्षित गर्दै विधेयकको विरोधको मौका नछोप्न पनि आग्रह गरे ।

‘केही मान्छेले खुबै मौका पायौं भनेका होला कुनै चान्स छैन,’ उनले भने, ‘यो सरकारले जनताका हितमा काम गर्छ ।’ उनले जनताको भावना र हितविपरीत हुने कुनै पनि कुरा सरकारले नगर्ने पनि बताए । जनतालाई देवता मान्ने, सर्वोपरी मान्ने हित र आदेशअनुसार काम उनको भनाइ छ ।

‘जनताप्रति सरकार उत्तरदायी छ । जनताका कुरा सुन्छ । जनताका हितमा काम गर्छ,’ उनले भने, ‘जनता नै सार्वभौम भएकोले अब आन्दोलन गरिराख्नुपर्दैन ।’ उनले कुनै पनि कुरा शतप्रतिशत नहुने भन्दै सरोकारवाला पक्षले कहाँनेर कमजोरी भयो औल्याउनुपर्ने बताए। ‘जनता भड्काउन सकिँदैन जनता के कारणले भड्कन्छ ?,’ उनले भने ।

उनले आफ्नो नेतृत्वको सरकार जनताको मन हसाउन बनेको बताए । ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन हँसाउन हो,’ उनले भने । प्रधानमन्त्री ओलीले लोकसेवा विज्ञापन बारको विवाद अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नसक्ने बताए ।

विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा भने, ‘वाइड बडी अनियमितताबारे छानबिन भइराखेको छ, परिणाम नआइकन केही भन्न मिल्दैन।’ उनले दोषीमाथि कारबाही हुने बताए। ‘छानबिन भइराखेको छ। मैले गैरजिम्मेवार ढंगले कोही भ्रष्टाचारी भन्न मिल्दैन,’ उनले भने, ‘छानबिन सकेपछि दोषीमाथि कारबाही हुन्छ।’

प्रधानमन्त्रीलाई पत्रकारले सोधेको रेल कहिले आउँछ भन्ने प्रश्नमा उनले रेल भारत र चीनबाट ल्याइने बताए। ‘रेल युरोपबाट ल्याउने भनेको छैन। भारत र चीनबाट ल्याउने भन्या हो,’ उनले भने, ‘यसबारे पछि कुरा गरौंला।’लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापन समावेशी नभएको भन्दै विवादित बनेकोमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्रीले लोक सेवा आयोगको उक्त विज्ञापनबारे अहिल्यै केही नबोलौं भनेका हुन्।

उनी गत जेठ २५ गते भ्रमणमा गएका थिए। प्रधानमन्त्रीकोलाई विमानस्थलमा स्वागत गर्न उपप्रधानमन्त्री ईश्व पोखरेल, सभामुख कृष्णबहादुर महरा,नेकपाका नेताहरुलगायत पुगेका थिए ।यता सत्तारुढ नेकपा सांसद विरोध खतिवडाले सरकार र गुठियारबीच वार्ताका लागि हस्तक्षेपकारी भूमिका खेल्न सभामुखलाई आग्रह गरेका छन् ।

संसदको शुन्य समयमा बोल्दै सांसद खतिवडाले गुठी विधेयकलाई लिएर सरकार र गुठियारको बीचमा ३६ को आँकडा रहेको तर हाम्रो कुरा बुझेन भनेर दुबैले गाना चाहिँ एउटै गाइरहेका बताए ।

उनले भने, ‘बुझ्नेले कुरा नबुझेपछि, मनमा पिर त पर्ने नै भयो ‘ सरकार गालामा हात लगाएर यो गाना गाइरहेको छ ।’ ‘गुठियारहरु यही गाना गाइरहेका छन् । बुझ्नेले कुरा नबुझेपछि, मनमा पिर नलिएपछि मसाल त समात्नै पर्‍यो’, उनले अघि भने । नेपालको हरेक आन्दोलनमा नेवार समुदायको ठूलो योगदान रहेको भन्दै वार्ताका लागि पहल गर्न सभामुखलाई आग्रह गरे ।

याे पनि : शनिबार मात्रै सत्तारूढ नेकपाका सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् ।गुठीलाई सामन्ती प्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै सांसद मानन्धरले भने, ‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन ।’

सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । “संचारमन्त्रीजी, कि क्षमा माग्नुस्, कि राजिनामा दिनुस्’ उनले भने । गुुठियारहरुलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीहरुको दिनगन्ती सुरु हुने उनको चेतावनी छ ।

नेकपा सांसद मानन्धरले प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएपछि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाडौंमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी समेत दिएका छन् । रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा उनले भने, ‘म यहीँबाट भन्न चाहन्छु, यदि प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नुहोला काठमाण्डौ के हुन्छ ।’

बाबु बाजेले गुठीमार्फत संरक्षण गरेको सम्पत्तिलाईसरकारले मास्न खोजेको उनको आरोप छ । कांग्रेस सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए । सञ्चारमन्त्री बास्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्य भएको उनको टिप्पणी छ ।

पशुपति विकास क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए । ‘गुठी भनेका हाम्रा पुर्वजहरुले गुठियारहरुलाई ल है संरक्षण गर भनेर दिएको सम्पत्ति हो’ उनले भने ।

गुठी विधेयक बेलैमा नसच्याए क्यान्सरको रुपमा फैलिँदै जाने कांग्रेस सांसदको चेतावनी

आईतबारको प्रतिनिधि सभामा पनि नेपाली काँग्रेसले गुठी विधेयकको विषयमा विरोध गरेको छ । आईतबार बैठक सुरु भएसँगै प्रतिपक्षी दलहरु काँग्रेस र राजपाले उठेर विरोध गरेका थिए ।त्यसलगत्तै नेपाली काग्रेसको तर्फबाट नेतृ लक्ष्मी परियारले नेकपाले नेपालको संस्कृतिमाथि बुट प्रहार गरेको आरोप लगाएकी छिन् ।

उनले सम्पदा संरक्षणको क्रममा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका गुठियारहरुमाथि प्रहरीले बुट प्रहार गरेको विषयमा पटक पटक सरकारसँग यसको जवाफ माग गर्दा पनि सरकारले जवाफ नदिएको भन्दै उनले आक्रोश व्यक्त गरिन् ।

गुठीलाई जग्गाको रुपमा परिभाषित गरेको भन्दै नेतृ परियारले गुठी एउटा जग्गा मात्रै नभएर सिंगो सभ्यता, नेपालको पहिचान र नेपालको अस्तित्व समेत रहेको बताईन् । नेपाली संस्कृतिलाई सिध्याउने हो भने नेपाल नै नरहन पनि सक्ने भन्दै सरकारले संस्कृति सिध्याउन गरेको प्रयासलाई नेपाली काँग्रेसले कुनैपनि हालतमा सफल हुन नदिने चेतावनी परियारले दिएकी छिन् ।

लिच्छवीकालदेखि सुरु भएको गुठी सम्बन्धी परम्परालाई किसान र सुकुम्बासी समस्या समाधान गर्ने नाममा सिध्याउने खेल वास्तविक सुकुम्बासी समस्या समाधानको लागि भन्दा पनि आफ्ना कार्यकर्ता र आसेपासेलाई पोस्ने मेसो रहेको आरोप परियारको थियो ।

सदनमा उठेका विषयमा सरकारले बेवास्ता गर्ने गरेको प्रति पनि उनले चिन्ता व्यक्त गरेकी छिन् । गुठी सम्बन्धी विधेयकबारे धेरै प्रश्नहरुको सरकारले आलटाल गर्दै आएको उनले बताईन् । गुठी विधेयकलाई सरकारले बेलैमा नसच्याउने हो भने यो क्यान्सरको रुपमा फैलिँदै जाने चेतावनी दिएका छन् ।

ढुक्क हुनुस् वाइडबडी छानविन हुँदैछ, बढी बोल्न चाहान्न गुठी विधेयक पनि सच्चिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबवडी प्रकरणबारे फेरी मुख खोलेका छन। बेलाबखतमा विरोधाषपूर्ण अभिव्यक्ति दिँदै आएका ओलीले संचारकर्मीसँग कुरा गर्दै गुठी विधेयक पनि सच्याउने प्रतिबद्धता जनाएका छन् ।

उनले ‘धर्म संस्कृतिमा प्रतिकुल असर पर्ने खालका प्रावधानहरु जानेर या नजानेर हुनगएका गल्तिहरुलाई मनन गदैँ सरकार जनताको मन दुखाउन नभई हसाउनका लागि बनेकाले कहीँ कतै केही कुराहरु नमिलेको भए त्यसलाई सच्चाएर अघि बढ्ने बताए ।’

यसै सन्दर्भमा युरोप भ्रमणबाट फर्केका प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलमा आइतबार पत्रकारले वाइडबडीबारे टुच्च प्रश्न सोधिहाले । जवाफमा उनले कसैलाई दोषी वा निर्दोष भनेनन्, बरु छानबिन भइरहेको विषयमा आफूले नबोल्ने बताउँदै सन्तुलित हुने कोसिस गरे ।

यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको बचाऊ गर्दै बोल्ने क्रममा ओलीले तत्कालीन मन्त्री अधिकारी निर्दोष रहेको बताएका थिए । छानविन हुँदै गरेको विषयमा ओलीले कसैलाई दोषी वा निर्दोष किटान गर्न नमिल्ने भन्दै ओलीको आलोचना भएको थियो ।

‘वाइडबडी चैं छानबिन हुँदैछ । छानबिन हुँदै गरेका कुरामा मैले धेरै के भनौं ?’ ओलीले भने, ‘गैरजवाफदेही पाराले बढ्यो भ्रष्टाचार, फलानाले खायो, भनिँदैछ । तर, मैले परिणाम नआइकन कसैका बारेमा भन्न मिल्दैन ।’ प्रधानमन्त्री ओलीले थपे, ‘छानबिन हुँदैछ, जो दोषी छ, ऊ उम्किन पाउँदैन । दोषीमाथि कारबाही हुन्छ ।’

यसै क्रममा बोल्दै भनेका छन् ‘हाम्रा जहाज युरोपियन आकाशमा उड्नेछन्’

फ्रान्सले आफ्नो आकाशमा नेपाली विमानलाई उड्न प्रतिबन्ध लगाएको धेरै समय बितिसकेको छ । यसअघि डाबोस गएका बेला प्रधानमन्त्री ओलीले स्विटजरल्याण्डबाटै फ्रान्सलाई प्रतिबन्ध हटाउन आग्रह गरेका थिए । फ्रान्सले नेपाललाई विमान चाहिँ बेच्ने, तर त्यही विमान उसको आकाशमा उड्न अयोग्य छ भन्नु न्यायोचित नहुने प्रधानमन्त्री ओलीको तर्क थियो ।

यसपटक फ्रान्सको औपचारिक भ्रमणमा भएका बेला प्रधानमन्त्री ओली यो प्रतिबन्ध फुकाउने अनुमान गरिएको थियो । तर, प्रधानमन्त्रीको भ्रमणमा यसबारेमा फ्रान्ससँग कुराकानीसम्म भएता पनि कुनै औपचारिक सहमति भएन । तथापि प्रधानमान्त्री ओलीले युरोपको आकाशमा नेपाली विमानहरु उड्ने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा जहाजहरु यरोपियन आकाशमा उड्नेछन् । विश्वका जुनसुकै आकाशमा पनि उड्ने छन् । त्यो उड्ने प्रवन्धका लागि हामी तयारी गर्दैछौं । यसपल्ट पनि हामीले गम्भीरताका साथ कुरा उठायौं ।’

यूरोपमा ओलीको भाषण, रेल र पानीजहाजको कुरा देखि केबलकारको यात्रा

प्रधानमन्त्री केपी शर्मा ओलीले यूरोप यात्रामा रेल र केबुलकारको यात्रा मात्र गरेनन् पानीजहाजको कुरा समेत चलाए । उनले केबलकारमा चढेर युरोपका सुन्दर हिमश्रृंखलाहरुको अवलोकन गरे ।युरोपका शक्तिशाली देशका नेताहरुसँग भेट गरे । म्युजियम र अनुसन्धानस्थलको अवलोकन गरे ।

२५ जेठ देखि १ असार सम्म यूरोप भ्रमण र यात्रालाई छुट्याएका उनले जेनेभास्थित अन्तर्राष्ट्रिय श्रम संगठनको शतवार्षिककिो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे । परराष्ट्र मन्त्रालयका अनुसार ओलीले बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरे ।

जेनेभामा ओली

२७ जेठमा जेनेभामा आयोजना गरिएको आइएलओको शतवार्षिकी समारोहको विशेषसम्मेलनलाई सम्बोधन गरे । नेपालले श्रमिककाहक अधिकारको स्थापना एवं समग्र श्रम क्षेत्रमा हासिल गरेको प्रगतिको बारेमा प्रकाश पारे।

भविष्यको कामका सन्दर्भमा आफ्नो धारणा राख्दै सामाजिक सम्वादको माध्यमबाट रुपान्तरण भएको उत्पादन सम्बन्धलाई दिगो बनाउन काम र जीवनबीच सन्तुलन आवश्यक रहेको बताए ।

सबै काम मर्यादित र सबै श्रमजीवि वर्ग संरक्षित हुनुपर्ने धारणा राखे । यसको लागि नेपालमा सबै प्रकृतिका काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याइएको र बजारलाई खुकुलो बनाइएको जानकारी समेत बताए।

जेनेभामा प्रधानमन्त्री ओलीले टर्कीका उपराष्ट्रपति, नर्वेका प्रधानमन्त्री र स्वीट्जरल्याण्डका पूर्व राष्ट्रपति एवं वर्तमान गृहमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरे। भेटवार्ताहरुमा ती मुलुकहरुसँग रहिआएको सुमधुर सम्बन्धलाई अझ विकसित एवं प्रगाढ पार्दै आपसी हितका क्षेत्रहरुमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइएलओको १०८ औं सम्मेलनको साइडलाइनमा नेपाल र यूएई तथा मौरिससबीच छुट्टाछुट्टै द्विपक्षीय श्रम सम्झौता भएको छ ।

टर्कीस समकक्षीबीच भएको द्विपक्षीय भेटवार्तामा नेपाल र टर्कीबीच वैदेशिक रोजगारीको क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने र टर्कीमा कार्यरत नेपाली कामदारहरुले भोग्नुपरेको विभिन्न समस्याहरुको विषयमा छलफल भयो ।

ओलीको बेलायत यात्रा

प्रधानमन्त्री ओली जेठ २७ साँझ जेनेभाबाट बेलायत प्रस्थान गरे । सोही दिन अक्सफोर्ड विश्वविद्यालयस्थित अक्सफोर्ड यूनियनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति, विकास र लोकतन्त्रका विषयमा विचार प्रस्तुत गरे।

लोकतन्त्र र विकासको अन्योन्यास्रित सम्बन्धको चर्चा गर्दै नेपालको शान्ति प्रकृया र त्यसको उपलब्धी एवं सामाजिक तथा आर्थिक विकासका लागि वर्तमान सरकारले लिएको लक्ष्य र कार्यदिशाका बारेमा प्रकाश पारे ।

बेलायती प्रधानमन्त्रीसँग भेट

प्रधानमन्त्री ओलीले जेठ २८ मा बेलायती समकक्षी तेरेसा मेसँग द्विपक्षीय भेटवार्ता गरे। भेटवार्तामा नेपाल बेलायत द्विपक्षीय सम्बन्धका समग्र पक्षहरुमा खुलारुपमा सघन छलफल भएको छ ।दुबै प्रधानमन्त्रीहरुले आपसी हित र सहयोगका विषयहरुमा सहकार्य विस्तार गर्ने विषयमा समझदारी भएको छ ।

द्विपक्षीय व्यापार तथा लगानी वृद्धि, प्रविधि हस्तान्तरण, पर्यटन एवं जनस्तरको सम्बन्ध प्रवर्द्धनका विषयमा समेत दुई देशका प्रधानमन्त्रीहरुबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बेलायती सेनाका गोर्खा सैनिकहरुका विषयमा समेत छलफल गरे ।

सोही दिन ओलीले बेलायती राजकुमार ह्यारीसँग भेट गरे । सो अवसरमा भूकम्प पछिको पुनर्निर्माण कार्य, नेपालले जैविक विविधता एवं वन्यजन्तु संरक्षणमा हासिल गरेको उपलब्धी, नेपालले महिला तथा बालिका सशक्तिकरणको क्षेत्रमा गरेको प्रगति लगायतका विषयमा कुराकानी भयो ।

जेठ २८ मा प्रधानमन्त्रीले बेलायती संसदको अल पार्टी पार्लियामेन्टरी ग्रुप फर नेपालका सदस्यहरुको संयुक्त भेलालाई सम्बोधन गरे । बेलायती संसदका विपक्षीदलका नेता श्री जेरेमी कोरबिनसँग भेटवार्ता गरे । उक्त सम्बोधन र भेटवार्तामा नेपाल बेलायत सम्बन्ध लगायत दुबै देशका संसदहरुबीच सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भयो ।

प्रधानमन्त्रीले सोही दिन अपरान्ह लण्डनस्थित ब्रिटेन उद्योग परिसंघको मुख्यालयमा आयोजना गरिएको एक कार्यक्रममा ब्रिटिश व्यापारी तथा लगानीकर्ताहरुको भेलालाई सम्बोधन गरे। सो क्रममा उनले नेपालमा अनुकूल लगानी वातावरण रहेकोले ढुक्क भएर लगानी गर्न बेलायतका लगानीकर्ताहरुलाई आव्हान गरे ।

प्रधानमन्त्रीले सोही दिन साँझ लण्डनको स्यान्डहर्सट स्थित ब्रिगेड अफ गुर्खाज हेडक्वार्टरको अवलोकन भ्रमण गरे । उक्त अवसरमा ब्रिटिश गोर्खाको तर्फबाट प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरिएको थियो ।२८ जेठ को बिहान संयुक्त अधिराज्यस्थित गैरआवासीय नेपाली संघका प्रतिनिधि, भूपु ब्रिटिश गोर्खासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरु लगायतका प्रवासी नेपाली संस्थाका प्रतिनिधिहरुसँग छलफल एवं अन्तरक्रिया गरे ।

लण्डनमा रहँदा सम्माननीय प्रधानमन्त्रीसँग इन्टरनेशनल म्यारिटाइम अर्गनाइजेशनका महासचिवले भेट गरे ।उक्त अवसरमा नेपालले पानी जहाज कार्यालय स्थापना गरेको सन्दर्भमा उक्त संगठनबाट प्राप्त हुने प्राविधिक सहायता लगायत संगठनका गतिविधिहरुमा नेपालको सहभागिता सम्बन्धमा छलफल भएको थियो ।

सोही दिन बिहान लण्डनस्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गरे । उक्त कार्यक्रममा बेलायती विदेश मन्त्रालयका राज्यमन्त्रीको साथै बेलायती सांसदहरु, बेलायती नागरिकहरु र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

फ्रान्समा के गरे ?

प्रधानमन्त्री ओलीले जेठ २९ को मध्यान्ह लण्डनबाट फ्रान्सका लागि प्रस्थान गरी सोही दिन अपरान्ह पेरिसस्थित फ्रान्सेली उद्योग वाणिज्य महासंघको मुख्यालयमा आयोजित कार्यक्रममा उपस्थित फ्रान्सेली व्यापारिक समुदायका अगुवा एवं प्रतिनिधिहरुको भेलालाई सम्बोधन गरे ।

सोही क्रममा विभिन्न फ्रान्सेली कम्पनीहरुका उच्च अधिकारीहरुसँग छुट्टा छुट्टै भेटघाट समेत गरे । सम्बोधन तथा भेटघाटहरुमा प्रधानमन्त्रीले नेपालमा उपलब्ध लगानीका अवसरहरुका बारेमा जानकारी दिंदै नेपाल९फ्रान्स आर्थिक सहकार्यमा जोड दिए ।

जेठ ३० को अपरान्ह फ्रान्सेली समकक्षी इदोआर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गरे। सो अवसरमा नेपाल फ्रान्स द्विपक्षीय सम्बन्धको समग्र पक्षका बारेमा छलफल हुनुका साथै नेपाल फ्रान्स सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन आपसी हित र चासोका विषयमा सम्बन्ध विस्तार तथा सुदृढ गर्ने प्रतिवद्धता व्यक्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । द्विपक्षीय भ्रमणहरुको आदान–प्रदान, राजनीतिक सम्बन्धको सुदृढीकरण लगायत द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन एवं सांस्कृतिक सम्बन्ध विकास जस्ता विषयहरुमा छलफल केन्द्रित रह्यो ।

सोही दिन बिहान पेरिसस्थित गुइमेट म्युजियमकोको अवलोकन भ्रमण एवं उक्त म्यूजियमका अध्यक्षसँग भेटवार्ता गरे। सो क्रममा उक्त संग्राहालयले नेपालको कलाको संरक्षण र संवर्द्धनमा पुर्याउन सक्ने योगदानका बारेमा कुराकानी गरे।

सोही साँझ सम्माननीय प्रधानमन्त्रीज्यूले फ्रान्सेली संसदमा गठन भएको फ्रान्स९नेपाल मैत्री समूहका अध्यक्षले उनको सम्मानमा आयोजना भएको रात्री भोजमा उपस्थित भई फ्रान्सेली सांसदहरुलाई सम्बोधन गरे ।सो कार्यक्रममा दुई देशबीच रहिआएको सुमधुर सम्बन्धलाई थप प्रगाढ एवं विस्तार पार्ने कार्यमा संसदीय मैत्री समूहले खेल्नुपर्ने भुमिकाका बारेमा अन्तरक्रिया भयो । कार्यक्रममा फ्रान्सको तल्लो सदन नेशनल एसेम्बलीका अध्यक्षको पनि सहभागिता थियो ।

सोही दिन अपरान्ह पेरिसस्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोह एवं नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गरे । जेठ ३१ मा फ्रान्सको शामोनी मों ब्लाँ को भ्रमण गरी त्यहाँका मेयरले आयोजना गरेको स्वागत समारोहमा सरिक भए ।

सो अवसरमा त्यहाँ उपस्थित नेपालका शुभेच्छुक फ्रान्सेली मित्रहरु एवं पर्यटन व्यवसायीहरुलाई सम्बोधन गरे। प्रधानमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० अभियानको फ्रान्समा औपचारिक घोषणा गरे ।फ्रान्सेली हिमश्रृंखला आल्पस रेञ्जमा पर्ने शामोनी मों ब्लाँ क्षेत्र नेपालको हिमाली भूभागसँग धेरै हदसम्म मिल्दोजुल्दो रहेको छ । सोही कार्यक्रममा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्धको ७०औं वर्ष गांठका लागि नियुक्त सद्भावना दूत श्रृंखला खतिवडाले पनि सम्बोधन गरिन्। उक्त भ्रमणका क्रममा प्रधानमन्त्रीज्यूले त्यहाँको केवल कारको अवलोकन भ्रमण समेत गरे।

जेनेभाबाट काठमाडौं प्रस्थान गर्नु अघि प्रधानमन्त्री ओलीले ३२ जेठ ३२ को बिहान युरोपका विभिन्न मुलुकहरुस्थित नेपाली राजदूतहरुको भेलालाई सम्बोधन गर्दै नेपालको परराष्ट्र नीतिका प्राथमिकताहरु बमोजिम राष्ट्रिय हित प्रवर्द्धनका लागि अझ सशक्त र प्रभावकारीरुपमा सक्रिय हुन निर्देशन दिए।

जेनेभास्थित विश्व विख्यात भौतिक विज्ञान सम्बन्धी युरोपेली अनुसन्धान केन्द्रमा भैरहेको ब्रम्हाण्डको उत्पति सम्बन्धी अनुसन्धानको अवलोकन भ्रमण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गुठी विधेयक सच्याउँछौँ, जनता भड्काउने काम नगरौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले गुठी विधेयकमा भएका कमी कमजोरी सच्याउन सकिने बताएका छन् ।युरोप भ्रमण सकेर भर्खरै स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै कुनै पनि विधेयक शतप्रतिशत सही नबनेको पनि हुन सक्ने भन्दै आवश्यकताअनुसार सच्याउन सकिने बताएका हुन् ।

गुठी विधेयकको विषयलाई लिएर केही पक्षले जनता भड्काउन खोजेको भन्दै ओलीले असन्तुष्टी व्यक्त पनि गरे । “विरोधको भावनाले जनता भड्काउन खोज्नु हुँदैन, अब जनता भड्किदैनन् पनि । कमजोरी भयो भने सरकारले सच्याइहाल्छ नि यो जनताकै सरकार हो, जनताप्रति प्रतिवद्ध भएर काम गर्छ ।” ओलीले भने ।

“हाम्रो संस्कृति र परम्परासँग जोडिएका गुठीहरुको विषयमा कुरा बेग्लै हुन्छ, सरकारले जे आवश्यकता पर्छ त्यो गर्छ, सरकार जनताको हितमा नै काम गर्छ ।” उनले थपे । प्रधानमन्त्री ओली नौ दिने विदेश भ्रमण सकेर भर्खरै स्वदेश फर्किएका छन् ।

युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका थिए ।

सातवटै प्रदेश आफ्नो दोस्रो बजेट आज ल्याउँदै

सातवटै प्रदेश आफ्नो दोस्रो बजेट ल्याउने अन्तिम तयारीमा जुटिरहेका छन् । चालु वर्षको पहिलो बजेटमार्फत केही अनुभव हासिल गरिसकेका प्रदेशका अर्थ मन्त्रालयमा यतिबेला निकै व्यस्तता बढेको छ ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै राजस्व र व्ययको अनुमान ९बजेट० ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेकाले आउँदो आइतबार सबै प्रदेशले बजेट ल्याउँदै छन् ।

१५ खर्बको बजेट आउँदै, बृद्धभत्ता र तलब बढाइने

प्रदेश अर्थमन्त्रीहरूले प्रदेशसभामा आफ्नो बजेट पेस गर्नेछन् । पहिलो बजेटमध्ये औसतमा २२ प्रतिशत खर्च गरेका प्रदेश सरकारले बजेटको आकार पनि राम्रैसँग बढाउने तयारी गरिरहेका छन् । प्रदेश सरकारका लागि महत्त्वपूर्ण स्रोत केन्द्र सरकारको अनुदान निर्धारण भइसकेको छ ।

कान्तिपुरलयातका पत्रिकाले लेखे अनुसार केन्द्र सरकारले जेठ १५ गते ल्याएको बजेटमार्फत ४ प्रकारका अनुदानको रकम, राजस्व बाँडफाट र प्राकृति स्रोतको रोयल्टीको रकम निश्चित भइसकेको छ । आन्तरिक राजस्व, आन्तरिक ऋणलगायत आफ्नो आम्दानीको अनुमानित रकमलाई आधार मानेर बजेटको आकार प्रदेश सरकारले तयारी गरिरहेका छन् । सबैजसो प्रदेशले आउँदो बजेट औसतमा १७ प्रतिशतले वृद्धि गर्ने योजनामा छन् ।

प्रदेश ३ ले भने निकै महत्त्वाकांक्षी बजेट तयार गरिरहेको छ । यो वर्ष ३५ अर्ब ६१ करोड रुपैयाँ बजेट ल्याएको प्रदेश ३ ले आउँदो वर्ष करिब ५० अर्ब हाराहारीको बजेट ल्याउने गृहकार्य गरिरहेको छ । हालसम्मको गृहकार्यअनुसार ५० अर्बकै बजेट आए यो निकै ठूलो अंकले वृद्धि हुनेछ । अर्थात् यस वर्षभन्दा करिब ४० प्रतिशत बढीले बजेटको आकार बढ्नेछ । ‘बजेट निर्माण अन्तिम चरणमा पुगेको छ ।

हालसम्म औपचारिक तथा अनौपचारिक क्षेत्रसँग छलफल भइसकेको छ,’ प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले भने । अब मन्त्रालयहरूसँगको छलफल अन्तिम चरणमा पुगेको र बजेट निर्माण लगभग पूरा भएको उनले बताए ।

१ गत वर्षकै हाराहारीमा

गत वर्षकै आस पासमा आगामी वर्षको बजेट आउने तयारी गरिएको आर्थिक तथा मामिला मन्त्रालय स्रोतको भनाइ छ । गत वर्ष ३५ अर्ब ९३ करोडको बजेट सार्वजनिक गरिएको थियो । यसपटक करिब ३६ अर्ब रुपैयाँको बजेट बनिरहेको प्रदेश योजना आयोगले जनाएको छ ।

आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलका अनुसार बजेट निर्माणको अन्तिम चरणमा छ । ‘सबै मन्त्रालयलाई बजेटको सिलिङ पठाएर त्यसका आधारमा कार्यक्रमहरू आउने क्रम जारी छ,’ उनले भने । केही मन्त्रालयबाट बजेटअनुसारको कार्यक्रम आए पनि अन्तिम रूप दिइने उनले बताए ।

२ मा ४ अर्ब बढी

पहिलो बजेट २९ अर्ब रुपैयाँको बजेट ल्याएको प्रदेश २ ले करिब ४ अर्बले बजेटको आकार बढाउने गरी काम गरिरहेको छ । करिब ३२ देखि ३४ अर्ब रुपैयाँसम्मको बजेट ल्याउने गृहकार्य भइरहेको स्रोतले बताएको छ । प्रदेश २ ले बजेट वक्तव्यका बुँदाहरू बनाउने काम गरिरहेको जनाएको छ । प्रदेश २ का आर्थिक मामिला मन्त्रालयका उपसचिव अर्जुन न्यौपानेले बजेटको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘मन्त्रालयलले पठाएका कार्यक्रमलाई बजेटमा बुँदागत गर्ने काम भइरहेको छ,’ उनले भने ।

गण्डकीमा ३० अर्बको तयारी

गण्डकी प्रदेशले भने आउँदो बजेट करिब ६ अर्बले वृद्धि गरी ३० अर्ब रुपैयाँको हाराहारीमा ल्याउने गृहकार्यमा छ । गण्डकी प्रदेशले अहिलेसम्म मन्त्रालयगत छलफल सकेर बजेट निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । मध्यमकालीन खर्च संरचना तयारीका लागि आवश्यक तथ्यांक संकलन सकिएर अन्तिममा पुगेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मुक्ति पाण्डेले बताए ।

विषयगत मन्त्रालयले जिल्ला तहमा छलफल गरी योजना, रायसुझाव मागेका थिए । सबै प्रदेश सांसदबाट सुझाव पनि लिइएको उनले बताए । स्थानीय तहलाई प्रदेश सरकारले दिने अनुदान अन्तर्गतका योजना माग गरी आवश्यकताका आधारमा छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए ।

५ मा २५ प्रतिशत बढाउने तयारी

प्रदेश ५ ले झन्डै २५ प्रतिशतले आउँदो बजेट वृद्धि गर्ने गरी गृहकार्य गरिरहेको छ । यस वर्ष २८ अर्ब रहेको यो प्रदेशको बजेट आउँदो वर्षका लागि ३५ अर्ब हाराहारीको हुने जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव एवं मन्त्रालयका प्रवक्ता जनार्दन पौडेलले प्रदेशका सबै मन्त्रालयबाट प्राप्त सिलिङअनुसारको बजेटको डाटा इन्ट्री गर्ने काम सकिएको बताए । ‘अहिले पुनः चेकजाँच गर्ने काम गर्दै छौं,’ उनले भने । प्रदेश सरकारको बजेट तयारीमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशी, अन्य कर्मचारीसँगै प्रदेश प्रमुख सचिव डाक्टर तीर्थ ढकाल र मुख्यमन्त्री शंकर पोखरेलको समूह खटिइरहेको छ ।

कर्णालीले केन्द्रसँग ऋण नलिने

कर्णाली प्रदेशले केन्द्र सरकारसँग ऋण नलिने गरी बजेट तयारी गरिरहेको जनाएको छ । बजेटको आकार भने ३० देखि ३५ अर्ब रुपैयाँ हाराहारीको तयारी गरिरहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाका अनुसार कर्णालीलाई केन्द्र सरकारले ससर्त अनुदानतर्फ ५ अर्ब रुपैयाँभन्दा बढी बजेट दिएकाले आउँदो बजेट ३० देखि ३५ अर्ब आसपासको हुने अनुमान गरे ।

गत वर्ष केन्द्र सरकारसँग ऋण मागिए पनि प्राप्त नभएकाले यस वर्ष ऋण माग नगर्ने यो प्रदेशको योजना छ । दीर्घकालीन सोचका आधारमा आवधिक योजना र मध्यमकालीन खर्च संरचनासँग तालमेल हुने गरी वार्षिक बजेट र विकास कार्यक्रम तर्जुमा गर्ने गरी बजेट निर्माण गरिरहेको प्रदेश सरकारले जनाएको छ ।

गत वर्ष १ देखि ५० लाखसम्मका योजना साना, ५० देखि १ करोडसम्मका योजना मझौला र १ करोडभन्दा माथिका योजनालाई ठूला मानिएको थियो । यस वर्ष १ देखि १५ लाखसम्मका योजनालाई साना, १६ देखि २५ लाखसम्मकालाई मझौला र २५ लाखदेखि माथिका योजनालाई ठूला योजनाका रूपमा छुट्याएर बजेट विनियोजन गर्ने प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकायाले बताए ।

सुदूरपश्चिममा सबैभन्दा सानो

हालसम्म प्राप्त विवरणअनुसार सबै प्रदेशहरूमध्ये सुदूरपश्चिमले सबैभन्दा सानो बजेट ल्याउने देखिन्छ । गत वर्ष गण्डकी प्रदेशले सबैभन्दा सानो बजेट ल्याएको थियो । त्यसपछि सुदूरपश्चिमको बजेट थियो । यसपटक गत वर्षको भन्दा करिब ४ अर्ब रुपैयाँले मात्रै बजेटको आकार वृद्धि गर्ने योजना सुदूरपश्चिम प्रदेशले बनाइरहेको छ ।

यस वर्ष २५ अर्ब रुपैयाँको बजेट ल्याएकामा आउँदो बजे २९ अर्ब रुपैयाँ हाराहारीको हुने अनुमान छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराका अनुसार चालु आर्थिक वर्षको अन्त्यमा भएको खर्चको यथार्थ विवरण प्राप्त भएपछि आउँदो वर्षको बजेटको अंक तय हुनेछ ।

‘कतिपय मन्त्रालयहरूलाई तोकिदिएको सिलिङअनुसारको बजेट अपुग हुने भन्दै थप माग गरिरहेका छन्,’ उनले भने । हाल अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयको टिमबीच बजेट तथा कार्यक्रमको अन्तिम तयारी भइरहेको छ । ‘आउँदो वर्षको बजेटमा पुँजिगत खर्च बढदैन,’ मन्त्री बोहराले भने, ‘लोकप्रिय र कनिका छरे झैं बजेट आउने छैन । जनताको करबाट उठेको रकमको उचित सदुपयोग हुनुपर्छ भन्ने मान्यताअनुसार बजेट तयार भइरहेको छ ।’