नेम्वाङ र प्रदीपले छाडेपछि शक्तिशाली ओली एक्लिदै
  • अनलाइनपाना संवाददाता
  • आइतवार, असार ८, २०७६
  • काठमाडौँ

दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा आसिन हुँदा नेकपा अध्यक्ष केपी शर्मा ओली इतिहासकै शक्तिशाली जननिर्वाचित शासक थिए । तर डेढ बर्ष नपुग्दै उनको लोकप्रियता मात्र घटेको छैन, एक्लिै पनि पनि गएका छन् । प्रधानमन्त्री र शक्तिशाली पार्टीको अध्यक्ष बनाउन निकै ठुलो मेहेनत गरेका नेताहरु अहिले ओलीबाट टाढिँन थालेका छन् ।

ओलीलाई तत्कालिन एमालेको अध्यक्ष बनाउन बामदेव गौतम, इश्वर पोखरेल, सुवास नेम्वाङ , प्रदीप ज्ञवाली, शंकर पोखरेलले निकै ठुलो मेहेनत गरेका थिए । ओली दुई तिहाईको शक्तिशाली प्रधानमन्त्री बनेपछि प्रियजनहरु नै आजित बनेका छन् । ओलीको दुई तिहाई प्रधानमन्त्री पद प्रियजन र नेकपालाई नै खतरा बनेको छ ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै स्वच्छाचारी निर्णय गर्न थालेपछि प्रियजनहरु आजित भएका छन् । पहिले पहिले ओलीको बचाउ गर्दै हिडेका नेताहरु अहिले आलोचना गर्न थालेका छन् । उपप्रधानमन्त्री पोखरेल, परराष्टमन्त्री प्रदीप ज्ञवाली र मुख्यमन्त्री शंकर पोखरेल पछिल्लो समय प्रधानमन्त्री ओलीसँग टाढिदै जान थालेका छन् । उनीहरुसँग कुनै पनि छलफल नगरी प्रधानमन्त्रीले स्वच्छाचारी निर्णय गर्न थालेका छन् ।

ओलीलाई शक्तिशाली बनाउन निर्णायक भूमिका खेलका बामदेव गौतम र मुकुन्द न्यौपानेले त ओली क्याम्प नै छोडिसकेका छन् । अन्य सहयोगीहरु टाढिदै गएका छन् । राजदूत नियुक्ति गर्दा आफुलाई थाहा नै नदिएको भन्दै परराष्टमन्त्री प्रदीप ज्ञवाली असन्तुष्ट बनेका छन् ।

नेम्वाड, पोखरेल र ज्ञवालीले मिडिया विधेयक, गुठी विधेयक, ल्याउँदा सहयोगीसँग नै सल्लाह नगरेको उनीहरुले बताउन थालेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग सरकार सञ्चालनका बिषयमा उनी छलफल नै गर्दैनन् । आफुसँग छलफल गर्न छाडेपछि दाहालले पनि आफ्नो भूमिका पार्टीभित्र र सरकारमा खोज्न थालेका छन् ।

प्रधानमन्त्री ओली सानो कोठरीबाट चल्ने पुरानै शैली हो । राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट सल्लाहकार राजन भट्टराईसँग मात्र उनी गोप्य छलफल गर्ने गरेका छन् । यी दुईको योजनामा प्रधानमन्त्री ओली चल्ने गरेका छन् ।

यी दुई सहयोगीको सल्लाह लिएपछि उनले विभागीय मन्त्रीको पनि सल्लाह लिदैनन् । आफ्नै मन्त्रालयको निर्णय भएको मन्त्री र सचिवले पनि थाहा पाउने गरेका छैनन् । ओलीको कार्यशैलीले आजित बनेका उनी निकटका नेताहरु टाढिँदै जान थालेका छन् ।

शासकले कहिलेकाँही आलोचनात्मक सुझाव पनि सुन्नु पर्दछ तर ओलीको स्वभाव आलोचना सहनै नसक्ने रहेछ, राजनीतिक विश्लेशक कृष्ण पोखरेलले भने ओली आफ्नै कार्यशैलीका कारण स्खलित हुँदै गएका छन् ।