नेकपामा को–कता ? मुख्य तीन गुट र ३ उपगुटमध्ये कसको शक्ति कति ?
  • अनलाइनपाना संवाददाता
  • शनिबार, असार २१, २०७६
  • काठमाडौँ

सचिवालय

नौ सदस्यीय सचिवालयमा अध्यक्ष ओलीलाई महासचिव विष्णु पौडेल र सदस्य ईश्वर पोखरेलको साथ छ । अर्का अध्यक्ष प्रचण्डसँग नारायणकाजी श्रेष्ठ छन् । अहिलेसम्म खुलेर नदेखिए पनि रामबहादुर थापा ‘बादल’ प्रचण्डसँगै छन् ।

झलनाथ खनाल र वामदेव गौतम माधव नेपाल र प्रचण्डसँग समदूरीमा छन् । पछिल्ला बैठकहरूमा माधव नेपाल र प्रचण्ड नजिकिएको देखिन्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

स्थायी समिति

४५ सदस्यीय स्थायी समितिमा प्रचण्डनिकट १३, ओली र नेपालनिकट १२र१२ जना छन् । प्रचण्डनिकट उपगुटमध्ये नारायणकाजी श्रेष्ठनिकट २ र बादलनिकट ४ नेता छन्।

केन्द्रीय कमिटी

१३ महिना बित्दा पनि अहिलेसम्म एउटै बैठक नबसेकाले ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यको पक्षधरता त्यति खुलेको छैन । प्रचण्डसँग १३९ केन्द्रीय सदस्य छन् भने ओलीसँग ११० र नेपालसँग ९२ । बादल समूहका ४४, नारायणकाजीनिकट १६ र वामदेवनिकट १३ सदस्य छन् । पूर्वएमालेभित्रका २१ केन्द्रीय सदस्य भने ओली र नेपालमध्ये कुनै पनि समूहमा खुलेका छैनन् ।

त्रिपक्षीय सन्तुलनमा जो एक्लिन्छ त्यो कमजोर

केन्द्रीय कमिटीमा उल्लेख्य संख्यासहित तेस्रो पोजिसनमा रहेका माधव नेपाल ओलीतिर मिल्दा ४४१ सदस्यीय केन्द्रीय कमिटीमा २०२ जना केन्द्रीय सदस्य हुनेछन् ।

पछिल्ला समयमा कतै नखुलेका पूर्वएमालेका २१ जना नेता पनि ओली–नेपाल मिलेको खण्डमा त्यही समूहतिर लागेमा केन्द्रीय कमिटीमा बहुमत पुग्नेछ । प्रचण्ड–नेपाल मिलेको स्थितिमा २३१ केन्द्रीय सदस्य पुग्नेछन् । प्रचण्ड–नेपाल समीकरण हुँदा बादल र नारायणकाजी श्रेष्ठसमेत जोडिने हो भने करिब तीन सयको संख्या पुग्नेछ ।

राष्ट्रिय सभा

तत्कालीन एमाले : २७

तत्कालीन माओवादी : १५

ओली

सचिवालय : ३

स्थायी समिति : १२

केन्द्रीय कमिटी : ११०

प्रचण्ड

सचिवालय : ३

स्थायी समिति : १३

केन्द्रीय कमिटी : १३९

नेपाल

सचिवालय : ३

स्थायी समिति : १२

केन्द्रीय कमिटी : ९२

प्रतिनिधिसभा

ओली ५४, प्रचण्ड ४५, नेपाल ३८, वामदेव ९, तटस्थ १८

ओलीतिर :

केपी ओली, ईश्वर पोखरेल, कृष्णप्रसाद दाहाल, कृष्णबहादुर राई, केदार सिग्देल, खगराज अधिकारी, कृष्णकुमार श्रेष्ठ, खेमप्रसाद लोहनी, गोकुलप्रसाद बाँस्कोटा, गोमा देवकोटा, घनश्याम खतिवडा, छविलाल विश्वकर्मा, जगतबहादुर सुनुवार, जुलीकुमारी महतो, तीर्था गौतम, तिलबहादुर महत क्षेत्री, थममाया थापा, दामोदर भण्डारी, नन्दलाल रोका क्षेत्री, नवीना लामा, नरबहादुर धामी, नारदमुनी राना, नारायणप्रसाद मरासिनी, निरुदेवी पाल, पदम गिरी, पार्वत गुरुङ, प्रदीपकुमार ज्ञवाली, विजय सुब्बा, भानुभक्त ढकाल, भूमिप्रसाद त्रिपाठी, मनकुमारी जिसी, महेश बस्नेत, मैनाकुमारी भण्डारी, रवीन्द्रराज शर्मा, राजेन्द्रप्रसाद गौतम, राधाकुमारी ज्ञवाली, लालप्रसाद साँवा लिम्बू, लीलानाथ श्रेष्ठ, विन्दा पाण्डे, विमला विश्वकर्मा (झापा), विशाल भट्टराई, विष्णुप्रसाद पौडेल, शान्तिमाया तामाङ पाख्रिन, सरिताकुमारी गिरी, सरिता न्यौपाने, सानु सिवा, सुजिता शाक्य, सुवासचन्द्र नेम्वाङ, सूर्यप्रसाद पाठक, हीराचन्द्र केसी, रघुवीर महासेठ, पद्माकुमारी अर्याल, आशाकुमारी विक र वसन्तकुमार नेम्वाङ

प्रचण्डतिर 

प्रचण्ड, अग्नि सापकोटा, अमनलाल मोदी, इन्दुकुमारी शर्मा, ओनसरी घर्ती, कमला रोका, गौरीशंकर चौधरी, गंगाबहादुर तामाङ, चक्रपाणि खनाल, चाँदतारा कुमारी, चूडामणि खड्का, छक्कबहादुर लामा, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, टोपबहादुर रायमाझी, दुर्गाबहादुर रावत, देवेन्द्र पौडेल, धर्मशिला चापागाईं, पूर्णकुमारी सुवेदी, प्रभु साह, वर्षमान पुन, बिना मगर, बोधमायाकुमारी यादव, महेश्वरजंग गहतराज (अथक), रामकुमारी चौधरी, रामेश्वर राय यादव, रेखा शर्मा, लेखराज भट्ट, शक्तिबहादुर बस्नेत, शशि श्रेष्ठ, शिवकुमार मण्डल (केवट), श्यामकुमार श्रेष्ठ, सत्या पहाडी, सन्तकुमार थारू, सुरेन्द्रकुमार कार्की, सुरेशकुमार राई, हरिराज अधिकारी, हितबहादुर तामाङ, हेमकुमार राई, गजेन्द्रबहादुर महत, दिलकुमारी शाह, दुर्गाबहादुर रावत, दुर्गाकुमारी विश्वकर्मा, सुदन किराँती, सुरेशचन्द्र दास

नेपालतिर 

माधव नेपाल, कल्याणीकुमारी खड्का, कलिला खातुत, कृष्णभक्त पोखरेल, कृष्णलाल महर्जन, गणेशकुमार पहाडी, गोकर्णराज विष्ट, गोपालबहादुर बम, घनश्याम भुसाल, जयकुमार राई, जीवनराम श्रेष्ठ, झपटबहादुर रावल, दीपकप्रकाश भट्ट, ध्रुवकुमार शाही, नारायणप्रसाद खतिवडा, निरादेवी जैरु, पार्वतीकुमारी बिसुंखे, विमला विश्वकर्मा (बर्दिया), भवानीप्रसाद खापुङ, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, यज्ञराज सुनुवार, योगेश भट्टराई, राजबहादुर बुढा (क्षत्री), रामकुमारी झाँक्री, लालबाबु पण्डित, बिनादेवी बुढाथोकी, विरोध खतिवडा, शेरबहादुर तामाङ, सरलाकुमारी यादव, सुरेन्द्रप्रसाद पाण्डे, सोमप्रसाद पाण्डे, मायादेवी न्यौपाने, पुष्पाकुमारी कर्ण कायस्थ, भीमबहादुर रावल, यज्ञबहादुर बोगटी, पवित्रा निरौला खरेल, नवराज रावत क्षेत्री

वामदेवतिर :

गणेशसिंह ठगुन्ना, तुल्सी थापा, दलबहादुर राना, धनबहादुर बुढा, भूपेन्द्रबहादुर थापा, राजेन्द्रकुमार राई, रामवीर मानन्धर, लालबहादुर थापा

बादलतिर :

देवप्रसाद गुरुङ, पम्फा भुसाल, अमृता थापामगर, यशोदादेवी गुरुङ, जयपुरी घर्ती

नारायणकाजीतिर :

अञ्जना बिसंखे, गिरिराजमणि पोखरेल

तटस्थ :

झलनाथ खनाल, कृष्णगोपाल श्रेष्ठ, गंगा चौधरी सत्गौवा, नवराज सिलवाल, पोल्देन छोपाङ गुरुङ, प्रेमप्रसाद तुलाचन, प्रेमबहादुर आले, ब्रजेशकुमार गुप्ता, मोतीलाल दुगड, मोहन बानियाँ, विनाकुमारी श्रेष्ठ, विष्णु शर्मा, शान्ता चौधरी, समिना हुसेन, हृदयेश त्रिपाठी, कुमारी मेचे, भैरवबहादुर सिंह, रेखाकुमारी झा

मृत्यु : रवीन्द्रप्रसाद अधिकारी

राजीनामा : कृष्णबहादुर महरा (सभामुख), डा. शिवमाया तुम्बाहाम्फे (उपसभामुख) ।