नेपाली कांग्रेसमा अब नयाँ नियम, गाउँदेखि केन्द्रसम्म लेबी तिर्नुपर्ने ब्यबस्था
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, असार २६, २०७६
  • काठमाडौँ

नेपाली कांग्रेसले पार्टी सञ्चालनका लागि अर्थ आर्जनका लागि स्रोतहरू खोज्न थालेको छ ।पार्टीका गतिविधिहरू गर्ने क्रममा पैसाका कारण समस्या पर्न थालेपछि नेपाली कांग्रेसले आर्थिक स्रोतहरू परिचालन गर्ने भएको हो ।नेपाली कांग्रेसले मन्त्रीदेखि वडा तहका नेताबाट लेबी उठाउने तयारी गरेको छ ।

संघीय संरचनामा गएको कांग्रेसको विधानअनुसार केन्द्रदेखि वडासम्म आठ तह छन् ।अन्तरिम संरचनाअनुसार कांग्रेसले भदौदेखि पुसभित्रमा यी संरचना तयार बनाउनु पर्नेछ ।नियमावली संशोधन मस्यौदा समितिका संयोजक, केन्द्रीय सदस्य रमेश लेखकले लेबी उठाउने प्रस्ताव छलफलका लागि केन्द्रीय समिति बैठकमा पेश गरिसकेका छन् । शुक्रबार बस्ने बैठकमा यी एजेन्डामा छलफल हुनेछ ।

केन्द्रीय समितिबाट लेबी उठाउने प्रस्ताव पारित भएमा कांग्रेसका नेतारकार्यकर्ताले कम्युनिस्टले जसरी नै पार्टीलाई लेबी बुझाउनुपर्नेछ ।कांग्रेसले संघीय विधान बनाए पनि विधानअनुसार संघीय संरचनामा पार्टीको समिति छैन ।सात प्रदेश, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, गाउँरनगर समिति, वडा समिति र बुथमा संघीय संरचनाअनुसार समिति बनाउनुपर्नेछ ।

पुरानो संरचनाअनुसार केन्द्रीय समिति, ७५ जिल्ला कार्य समिति, क्षेत्रीय कार्यसमिति, गाविस र नगरमा अहिले कांग्रेसको समिति छ ।कांग्रेसले लेबी अनिवार्य बनाउन लागेको छ । पार्टी सञ्चालनका लागि खर्च धान्ने र देशैभरका संरचनामा कार्यालय खोल्न लेबी निरन्तर उठ्ने स्रोत बनाउन कांग्रेसले खोजेको छ ।

लेबी नतिर्ने नेतारकार्यकर्तालाई चुनावमा उम्मेदवार बन्नबाट बञ्चित गर्नेसमेत कांग्रेसको तयारी छ ।कांग्रेसले मन्त्री र सांसदबाट पारिश्रमिकको २० प्रतिशत लेबी लिने गरेको छ ।

कांग्रेसका अनुसार पार्टीमा ५ लाख क्रियाशील सदस्य छन् । यी सदस्यको नवीकरण र नयाँ बन्ने सदस्यबाट पनि कांग्रेसले पार्टी सदस्यता शुल्क लिन लागेको छ ।क्रियाशील सदस्यता नवीकरण गर्न तीन सय ६५ शुल्क तोकिएको छ । नयाँ क्रियाशील सदस्यले पाँच सय रुपियाँ नै तिर्नुपर्छ ।

हरेक महाधिवेशनबाट कांग्रेसमा दुई लाख जनासम्म क्रियाशील सदस्य थपिन्छन् ।सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल यही फागुनमा सकिँदैछ । अर्को वर्ष कांग्रेसले महाधिवेशन गर्ने तयारी गरेको छ ।

कांग्रेसले अन्तरिम संरचना गठनसँगै देशभरका साढे छ हजार वडामा पार्टी कार्यालय सञ्चालन गर्नेछ ।गाउँरनगरका समिति, संघीय र प्रदेश निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेशमा पनि कांग्रेसको कार्यालय खुल्ने र त्यहाँ कर्मचारी राखिनेछ ।देशभरबाट संकलन हुने लेबी रकम कांग्रेसले सबै तहका संगठनलाई पठाउनेछ ।

केन्द्रमा उठेको रकममध्ये ५० प्रतिशत केन्द्रले र बाँकी प्रदेशभन्दा तलका समितिमा पठाइनेछ ।नेपाली कांग्रेसले आफ्नो संगठनलाई व्यवस्थित बनाउन गृहकार्य गर्दै आएको छ ।