मसाल जुलुसमा संलग्न ‘नेविसंघ’का केन्द्रीय सदस्य ‘भट्ट’ सहित अन्य कार्यकर्ता पक्राउ
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, असार २६, २०७६
  • काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । बिहीबार बेलुका राजधानीका विभिन्‍न स्थानमा नेविसंघले सरकारले कांग्रेसप्रति दिएका अभिव्यक्ति, विषादीयुक्त तरकारी भित्र्याउने लगायतका सरकारका क्रियाकलाप विरुद्ध मसाल जुलुस निकालेको थियो ।

बिहीबार नेविसंघको मसाल जुलुसमा बाइपासबाट बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गरेको जनाइएको छ । जसमा प्रहरीले हस्तक्षेप गर्दे नेविसंघका केही नेताकार्यकर्ता पक्राउ गरेको जनाइएको छ ।  पक्राउ पर्नेमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा, सुवास घिमिरे, सुदिप अधिकारी, विजय ढुंगाना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदिप जङ साह, अमृत लामिछाने, उत्सब अवस्थी, अनिल महर्जनलगायत छन् ।

त्यसैगरी मीन भवन क्याम्पसबाट निस्केको जुकुसमा पनि हस्तक्षेप गरेको जनाइएको छ । यस क्षेत्रबाट पक्राउ पर्नेमा युवराज पाण्डेय, महेन्द्र भट्टराई, विस्नु खड्का, चन्द्रदेव खनाल, नवराज थापा, दिनेश कार्की रहेका छन् । विशाक्त तरकारी चेक गर्ने निर्णय फिर्ता लिएको विरोधमा नेविसंघले सरकारविरुद्ध चरणवद्ध आन्दोलनमा गरिरहेको छ ।

यो पनि हेर्नुहोस्

मसाल जुलुस सहित ‘सरकार’विरुद्ध सडकमा उत्रियो ‘नेविसंघ’