एकाबिहानै उपप्रधानमन्त्री ईश्वर पोखरेलकाे सचिवसहित पूर्वराजा ज्ञानेन्द्रसँग भेट
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, साउन १७, २०७६
  • काठमाडौँ

सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल बहालवाला सचिबसहित पूर्वराजा ज्ञानेन्द्र शाहसंग शुक्रबार एकाबिहानै भेट गरेका छन् । भेटमा पूर्वराजा ज्ञानेन्द्रले देशको समग्र परिस्थितिको बारेमा जानकारी लिएको उनी निकट श्रोतले जनाएको छ ।

बहालवाला मन्त्री सचिबसहित भेट गर्नुले बिशेष रुपमा हेरीएको छ । एक घण्टा लामो भेटको अबसर भने नयां दिल्लीले मिलाईदिएको श्रोतले जानकारी दिएको छ ।

कर्मचारीमा असल कार्य संस्कृतिको विकास हुनुपर्छ : रक्षामन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कर्मचारीमा असल कार्य संस्कृतिको विकास हुनुपर्ने बताएका छन् ।नेपाल निजामति कर्मचारी सङ्गठनले  आयोजना गरेको ‘शहीद मनोज–झपेन्द्र स्मृतिसभा तथा पुरस्कार वितरण’ समारोहलाई सम्बोधन गर्दै उनले कर्मचारीले आफूलाई परिवर्तन गरी असलकार्य संस्कृतिमा बदल्नुपर्ने बताए ।

“कर्मचारीतन्त्रमा एउटा पेशागत दायित्व रहेको छ भने अर्को सामाजिक दायित्वसमेत रहेको छ”, उनले भने, “ती दुबैलाई मिलाएर असलकार्य संस्कृतिको विकास गर्न जरुरी रहेको छ ।” उनले सीमा अतिक्रमण, गैरनागरिकलाई नागरिकता, सार्वभौमसत्तामा अहिले पनि चुनौती थपिएकोले त्यसको बचाउन कर्मचारीको भूमिका रहनुपर्ने बताए ।

अहिलेको परिस्थितिअनुसार कर्मचारीतन्त्र आफूलाई परिवर्तन गरेमात्र कर्मचारीतन्त्र रहनेसमेत उनको धारणा रहेको थियो । “हिजोको घङधङी, आग्रह, गलग आदतको अभ्यासबाट कर्मचारीतन्त्र चल्दैन”, उनले भने, “अव आफूलाई परिवर्तनशील बनाई मुलुक सार्थक निर्माण गर्न्तिर लाग्नुपर्दछ ।”

उनले कर्मचारीतन्त्र उत्पादकत्व र गुणस्तरीय सेवा दिनुपर्ने समेत बताए । उनले मुलुकको अर्थतन्त्र दलाल पूँजीवादीको हातमा रहेको भन्दै त्यसलाई बचाउन काम कर्मचारीको रहेको समेत बताए।

उपप्रधानमन्त्री पोखरेलले सरकार परिवर्तन मुख्य नभइ प्रणाली परिवर्तन रहेको उल्लेख गर्दै कर्मचारी प्रणालीपरिवर्तन गर्न्तिर लाग्नुपर्ने बताए। उनले ट्रेड युनियनको अधिकार संविधानमा नै उल्लेख गरिएकोले खारेज नहुने जानकारी गराए ।

कार्यक्रममा सङ्गठनका अध्यक्ष केदार देवाकोटाले सरकार सफल बनाउन कर्मचारीले हरतरहले सहयोग गरिरहेको बताए। कार्यक्रममा सर्वोकृष्ट जिल्ला कार्यसमितिमा सुनसरी जिल्लालाई पुरस्कार प्रदान गरेका थिए ।

यसैगरी प्रदेश नं– १ बाट उदयपुर, प्रदेश नं–२ बाट बारा, प्रदेश नं–३ बाट मकवानपुर, गण्डकी प्रदेशबाट तनहुँ, प्रदेश नं–५ बाट दाङ, कर्णाली प्रदेशबाट दैलेख र सुदूरपश्चिमबाट बाजुरा उत्कृष्ट जिल्लाको पुरस्कार प्रदान गरिएको थियो ।