प्रचण्डलाई खुलमटारबाटै समात्ने उदघोष, अब के होला ?
  • अनलाइनपाना संवाददाता
  • आइतवार, साउन १९, २०७६
  • काठमाडौँ

केहि दिन देखि नेपालमा फेरी हेगको प्रसंगले चर्चा बटुलीरहेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई हेग लगे विश्वकै हिरो बनेर निस्कन्छु भन्ने अभिव्यक्ति दिए पछि राष्टिय रुपमा यो बहस छेडिएको छ । मानवअधिकारकर्मीहरुले यो बहसलाई व्यापक रुपमा अगाडि बढइरहेका छन् ।

मानव अधिकारकर्मीहरुले संक्रमणकालिन न्याय निरुपणमा भएको ढिलाईका कारण मुलुकभित्र फेरि अन्तराष्ट्रिय शक्तिहरुको चलखेल बढेको भन्दै गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । एमनेस्टी इन्टरनेसनल नेपाल समूह ३ काठमाण्डौँले शनिबार राजधानीमा गरेको कार्यक्रममा सहभागी मानव अधिकारकर्मीहरुले संक्रमणकालिन न्याय निरुपणमा सरकार समयमै संवेदनशील बन्नुपर्नेमा जोड दिएका हुन् ।

सरकार वा सरकारमा रहेका राजनीतिक दलहरु संक्रमणकालिन न्याय निरुपणमा गम्भीर नरहेको सन्देश विश्वस्तरमा जाने क्रम सुरु भइसकेको भन्दै उनीहरुले समयमै त्यसको सम्बोधन नभए मुलुकलाई नै ठूलो नोक्सानी पुग्ने चेता*वनी दिए । अधिकारकर्मी प्रदीप पोखरेलले संक्रमणकालिन न्याय निरुपणका लागि अन्तराष्ट्रिय मापदण्ड अनुसार ऐन संसोधन गरेर मात्रै सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी चयन गरिनुपर्ने बताए ।

उनले ऐन संसोधन नभएसम्म न्याय निरुपण गर्न नसकिने र न्याय निरुपण हुन नसके मुलुकभित्र निहित स्वार्थमा अन्तराष्ट्रिय चलखेल बढ्दै जाने चेतावनी दिए । अधिकारकर्मी कपिल श्रेष्ठले संक्रमणकालिन न्यायलाई लिएर नेपाल प्रति अन्तराष्ट्रिय समुदायको असन्तुष्ठी र अविश्वास बढ्दै गएकाले समयमै गम्भीर नबने नेपालले दीर्घकालिन नोक्सानी व्यहोर्नुपर्ने चेतावनी दिए ।

संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को को सन् २०१२ को बैठकमा नेपाल प्रति १ सय ३४ वटा प्रश्न उठेकोमा २०१५ को बैठकमा १ सय ५३ प्रश्न उठ्नुले नेपाल प्रति अन्तराष्ट्रिय समुदायको असन्तुष्टी र अविश्वास बढ्दै गएको देखाएको उनको तर्क थियो । तत्कालिन द्वन्द्वरत पक्षका नेतृत्वले पछिल्लो समय मानवअधिकार र लोकतन्त्रका बारेमा हल्का टिप्पणी गर्ने गरेको भन्दै उनले द्वन्द्व अपरा*धीलाई पक्राउ गर्ने अन्तराष्ट्रिय अदालत घर घरमै आउने चेता*वनी दिए ।

अर्का अधिकारकर्मी चरण प्रसाईले शान्ति प्रक्रियाको प्राथमिकतामा परेको संक्रमणकालिन न्याय अवरुद्ध हुनु दुखद पक्ष भएको बताए । उहाँले संक्रमणकालिन न्याय दिन नसक्ने हो नेतृत्वको मात्रै नभई मुलुक मुलुकवासीनै लज्जित हुनुपर्ने बताए ।

त्यसैगरी डाक्टर गोपाल कृष्ण सिवाकोटीले वर्तमान राजनीतिक समिकरणले नागरिक समाजलाई नै दुर्बल बनाएकाले लोकतन्त्र र मानवअधिकार नै संकटमा पर्ने चिन्ता बढेको बताए । कार्यक्रममा एमनेस्टी इन्टरनेसनल नेपाल समूह ३ काठमाण्डौँका संयोजक गणेश घिमिरेले सामाजिक न्याय सहितको मानवअधिकार रक्षाका लागि फेरि एकपटक जुट्नुपर्ने अवस्था श्रृजना भएको बताए ।

प्रचण्डको अभिव्यक्तिले गर्माएको बहस थप पेचिलो बन्दै गएको मानवअधिकारकर्मीहरुले प्रचण्डलाई दवाव दिन यस विषयलाई व्यापक बहसमा ल्याएका छन् । जानकारहरुका अनुसार यो विषय प्रचण्डको भन्दा पनि यूरोपेली युनियनको चाहनामा पचण्डमाथि दवाव दिन सुरु गरिएको अभियानको रुपमा हेरिएको छ । अमेरीकाले प्रचण्डलाई संरक्षण गरेको भन्दै युरोपेली युनियन झस्कीएको र त्यसैको प्रतिक्रिया स्वरुप प्रचण्ड माथि दवाव सुरु भएको जानकारहरु बताउँछन् ।

प्रचण्डले दिए पूर्वराजालाई नागार्जुनबाट निकाल्ने चेतावनी !

साता लामो पारिवारिक भ्रमणका लागी यूएइ पुगेका सत्तारुढ नेपाल कम्युष्टि पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भ्रमण तालिकानै छोट्याएर नेपाल फर्किएको भोलीपल्टनै पूर्वराजा ज्ञानेन्द्र शाह माथि खनिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको अस्वाभाकि सक्रियतालाई मध्यनज गर्दै पुरा दिन यूएइ नबसि मध्यरातमा नेपाल फर्किएका प्रचण्डले भोलीपल्टै ज्ञानेन्द्रलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन् ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले ज्ञानेन्द्रसँग रहस्यमय भेट गरेको सुचना पाए लगत्तै नेपाल फर्किएका प्रचण्डले ज्ञानेन्द्र माथी कडा शब्दमा चेतावनी दिएका छन् ।संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिए ।

वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्दै प्रचण्डले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप लगाए । ‘यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ’, उनले भने ।

प्रचण्डले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गरे शनिबार एक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने बताएका थिए ।

थापाको नाम नलिइ नेकपा अध्यक्ष प्रचण्डले जिन्दगीभर तानाशाहहरुको चाकरी गर्नेहरुले अहिल सरकार र व्यवस्थाकै विरोधमा प्रचार गरिरहेको टिप्पणी गरेका छन् । पछल्लो समय एकाएक पूर्वराजको अस्वाभाविक सक्रियताले नेपाली राजनिति तरंगीत भएको छ । यसै विच स्वास्थ्य उपचारका लागी सिंगापुर पुगेका प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सिंगापुरमा भेट्न लागेका कुराले पनि नेपाली राजनिति तरंगीत भएको छ ।