कास्की २ मा उपनिर्वाचनको चहलपहल, यि हुन् कांग्रेसका सम्भावित उम्मेद्वारहरु
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, साउन २३, २०७६
  • काठमाडौँ

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको कास्की क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य पदमा मङ्सिर १४ मा उप(निर्वाचन हुने निर्वाचन आयोगले घोषणा गरिसकेको छ ।

यसैबिच सो क्षेत्रमा सबैको नजर परिरहेको छ । पोखरा लेखनाथ महानगरको ४,७,८,९,११,१५,१६,१७,२०,२१र२३ नं. वडा उक्त निर्वाचन क्षेत्रमा पर्दछन् । केन्द्रीय तहमा खासै चर्चा नभएतापनि स्थानीय स्तरमा भने कास्की क्षेत्र नं.२ को उम्मेद्वार चर्चा व्यापक रुपमा रहेको छ । यसै बीच नेपाली कांग्रेसबाट यि सम्भावित उम्मेद्वारको नाम चर्चामा रहेको छ ।

१.महादेव गुरुङ

नेपाल विद्यार्थी संघका महामन्त्री भइसकेका गुरुङ,कास्की जिल्लाकै जिविस पूर्वसभापतिहुन् ,सोही निर्वाचन क्षेत्रबाट २०५६ सालमा चुनाव जिति पर्यटन राज्यमन्त्री समेतको जिम्मेवारी सम्हालिसकेका छन् ।, नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष समेत भईसकेका महादेव गुरुङ हाल महासमिति सदस्य छन् ,कास्की जिल्लाभरिनै व्यक्तिगत सम्बन्ध बलियो बनाएका गुरुङ यो क्षेत्रको प्रभावशाली मानीन्छन् ।

२.देवराज चालिसे

नेविसंघ त्रिभुवन विश्वविद्यालयको सभापति हुँदै राजनीति आरम्भ गरेका चालिसे पछि स्ववियुको समेत सभापति भए । नेविसंघको पूर्व केन्द्रीय कावा उपसभापति भईसकेका देवराज चालिसे हाल,महासमिति सदस्य छन् । गत निर्वाचनमा रविन्द्र अधिकारी सँग८५४७मतान्तरले पराजित भएका हन् ।उनी वैचारिक नेताका रुपमा गनिन्छन् ।

३.शोभियत बहादुर अधिकारी

नेपाली काङ्ग्रेस कास्कीका पूर्व सभापति अधिकारी हाल महासमिति सदस्यको जिम्मेवारीमा छन् ।रविन्द्र अधिकारी सँग २०६४र२०७०सालमा सोही क्षेत्रबाट पराजित भएका हुन् ।

४.खेमराज पौडेल

कास्की काङ्ग्रेसको पुराना नेता हुन् पौडेल ,विपिकै समयमा राजनीति सुरु गरेका हुन् पौडेल ।।

५.विरेन्द्रनारायण विजुक्छे

हाल महाधिवेशन प्रतिनिधिको जिम्मेवारीमा रहेका विजुक्छे पनि चर्चामा रहेका छन् ।

६.विजयराज आचार्य

सोही निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति विजयराज आचार्य समेत उम्मेद्वारीको दौडमा छन् ।

७.लक्ष्मी पाण्डे

नेविसंघको पृष्ठभूमिबाट राजनीति शुभारम्भ गरेकी युवा नेतृ नेपाली काङ्ग्रेस कास्कीकि कोषाध्यक्ष हुन् पाण्डे ।

८.कृष्ण कार्की

महासमिति सदस्य रहेका कार्की ,१३औँ महाधिवेशनमा केन्द्रीय कोषाध्यक्ष पदको उम्मेद्वार बनेर चर्चा बटुलेका कार्कीपनि दौडमा रहेको बुझिएको छ ।

९.सरस्वती गुुरुङ

गत निर्वाचन महानगरको उपमेयरमा पराजित गुरुङ पनि दौडमा रहेको बुझिएको छ ।