लुङ्ग्रीमा टोल स्तरिय इकाई कमिटी गठन, नेकपा परित्याग २४ जना काँग्रेसमा प्रबेश
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, साउन २८, २०७६
  • रोल्पा

लुङ्ग्री गाँउपालिका १ पाङ छिउदरमा नेपाली काँग्रेसको टोल स्तरिय इकाइ कमिटी गठन गरिएको छ । नेपाली काँग्रेसका क्रियाशिल सदस्य राम बिष्टको अध्यक्षतामा बसेको भेलाले नयाँ इकाई समिति गठन गरेको हो ।

टोल इकाई सभापति बुिद्धराम बिष्ट सभापती हुने गरि २४ सदस्यीय समिती गठन गरिएको हो । कार्यक्रमको अवसरमा शोभाराम बिष्टले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको संचालन नेपाली काँग्रेस गाउँ इकाइका कृयाशिल सदस्य सचिव बेगम रोकाले गरेको आयोजकले बताएको छ । कार्यक्रमको बिशिष्ट अतिथिमा कमल बुढा थोकि रहेका थिए ।

सोही अवससमा नेकपा तथा अन्य पार्टी परित्याग गरी आउने २४ जनालाई अबिर र माला लागाइ स्वागत समेत गरिएको नेपाली काँग्रेस जिल्ला सदस्य पुस्त बहादुर पुनले जानकारी दिए । गाउँ इकाई समितीको उप–सभापतीमा धनसरी घर्ति, सचिव चित्रबहादुर घर्ति, सह–सचिव जमानसिङ घर्ति, कोषाध्यक्ष डोरबहादुर घर्ति लगाएत अन्य सदस्यहरु रहेको बताइएको छ । यसै अवसरमा तरुण दलको टोल समिती समेत गठन गरिएको छ ।

जसको अध्यक्षमा मंगल घर्ती, उपाध्यक्ष राजु घर्ती, सचिव जनमाया घर्ती, सहसचिव डोरबहादुर घर्ति, कोषाध्यक्ष जयबहादुर घर्ती लगाएत १९ सदस्य रहेका छन । संगठन विस्तार कार्यक्रममा महादिवेसन प्रतिनिधी गणेश पुन, गाउँ इकाई पुर्व सचिव रेगम पुन लगाएतको उपस्थिती रहेको थियो । त्यहाँबाट पार्टीका सदस्य पुस्त बहादुर पुनले जानकारी दिए ।